होटल व्यवसायी प्रवद्र्धन गर्ने : मेयर आचार्य
Sunday, July 17th, 2022, 9:44 pm
Kalpristha
कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले होटल व्यवसायीका हकहितमा काम गर्ने बताएका छन् । होटल व्यवसायी संघ बाँके कोहलपुरले पाँचौ साधारण सभा तथा चौथो अधिवेशनका निर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले कोहलपुरमा रहेका होटल व्यवसायीलाई प्रवद्र्धन गरिने बताएका हुन् ।
आचार्यले भने, ‘पर्यटन प्रवद्र्धनमा होटल व्यवसायीले महत्वपूर्ण भूमिका रहेको हुन्छ । व्यवसायीहरु आफ्नो व्यवसायमा अत्यन्तै मर्यादित शिष्ट र सभ्यरुपमा संचालन गर्नुपर्नेछ ।’
कोहलपुरका बजारक्षेत्रमा रहेका होटल तथा रेष्टुरेण्टहरुमा अनैतिक कार्य तथा नकारात्मक घटनाहरु हुन सक्ने भन्दै उनले यसतर्फ समेत ध्यान दिन र आफ्नो गुणस्तरीयतामा कमि हुन नदिन व्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रममा निर्वाचन मण्डलका अध्यक्ष विश्वराज खनालले निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।
पदभार ग्रहण गर्ने नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष मोहन रिजाल, वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर रानाभाट, उपाध्यक्ष लक्ष्मण थापा मगर, महिला उपाध्यक्ष खिमा राना, महासचिबमा लक्ष्मण बहादुर खत्री, सचिव विष्णुबहादुर कार्की, कोषाध्यक्ष खिमराज बेल्बासे, सह–कोषाध्यक्ष कमल बहादुर शाही हुन् ।
यस्तै सदस्यहरुमा रामप्रसाद हमाल, राजबहादुर कार्की, दुर्गप्रसाद भण्डारी, प्रेमबहादुर खत्री, नन्दप्रसाद जैशी, नरेशजंग अर्याल, सूर्यबहादुर पौडेल तथा मनोनित सदस्यहरुमा सरिता थापा, शरद रेग्मी र मधु खनाल रहेका छन् ।