बाँकेमा धान उत्पादन घट्ने सम्भावना
Tuesday, July 19th, 2022, 1:38 pm
Kalpristha
बाँके अधिकांश स्थानमा प्रर्याप्त सिँचाई सुविधा छैन । आकासे पानीकै भरमा किसानले धान रोप्ने गरेका गरेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा करिब २८ प्रतिसत भुभागमा मात्र सिँचाईको सुविधा छ ।
मौसम पुर्वअनुमान शाखाका अनुसार साउन २ गते सोमबारदेखी तराईका अधिकांश जिल्लामा वर्षा हुने अनुमान गरिएको थियो । तर अनुमान अनुसार वर्षात हुन नसकेपछि बाँकेका किसानहरु चिन्तित बनेका छन् । बाँकेमा अधिकांश किसानले धान रोपाई सकाउन सकेका छैनन् । यस्तो अवस्थामा वर्षात कम हुँदा किसानहरु थप मर्कामा परेका छन् ।
बाँके खजुरा गाउँपालिका-२ का किसान चन्द्र राना वर्षात नहुँदा अधिकांश जमिन बाझै रहेको बताउँछन् । जसका कारण यसवर्ष धान उत्पादन पनि सोचेजस्तो नहुने उनी बताउँछन । राना जस्तै बाँकेका धेरै किसानलाई यस वर्ष खडेरी लाग्ने पो हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।
साउन पहिलो साता सम्म अनुमान गरिएको भन्दा कम वर्षा भएपछि यस वर्ष बाँके र बर्दिया लगायत तराईका जिल्लाहरुमा धान उत्पादनमा कमी आउने देखिएको छ । बाँके र बर्दियाका अधिकांश किसानहरुले रोपाई सकेका छैनन् । यसअघिका वर्षाहरुमा बाँके र बर्दियाका किसानले साउनको पहिलो साता सम्म धान रोपाई सकाईसकेका हुन्थे । तर यसपटक भने आधा प्रतिशत पनि धान रोपाई सकिएको छैन् । जसका कारण खडेरीको सम्भावना बडेर गएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार बाँकेमा साउनको १ गते सम्म ४५ प्रतिसत किसानले मात्र धान रोपेका छन् । अधिकांश किसान वर्षाको पर्खाइमा छन् । वर्षात अझ ढिला हुँदै गएको अवस्थामा खडेरीको सम्भावना बढन सक्ने बताउँछन कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकाल । उनले भने,ॅसाउनको २ गते देखी वर्षा बढने अनुमान गरिएको छ । तर यो अवधिमा पनि वर्षा भएन भने खडेरीको सम्भावना बढनेछ । यसले उत्पादनमा असर गर्ने सम्भावना छ ।’यस वर्ष धान उत्पादनमा पनि कमी आउने अनुमान गर्न थालिएको छ ।
बाँकेका अधिकांश स्थानमा प्रर्याप्त सिँचाई सुविधा छैन । आकासे पानीकै भरमा किसानले धान रोप्ने गरेका गरेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा करिब २८ प्रतिसत भुभागमा मात्र सिँचाईको सुविधा छ । सिक्टा सिंचाईको अझै भरोसा नभएका कारण पनि सिंचाई सुधिवा बढन सकेको छैन ।