कमैयामुक्तिको २२ वर्ष : समस्या समाधान नभएको गुनासो
Tuesday, July 19th, 2022, 1:41 pm
Kalpristha
लिलाधर वली
कमैयामुक्त देश घोषणा भएको २२ वर्ष पूरा भएको छ । कमैया मुक्तिसँगै पुनस्र्थापनाकालागि तत्कालीन सरकारले २०५७ साल साउन २ गते देशलाई कमैया मुक्त घोषणा गरेको थियो ।
सरकारले देशलाई कमैया मुक्त घोषणा गरेपनि मुक्तकमैयाका समस्या उस्तै रहेको भन्दै कमैयाहरुले प्रत्यकवर्ष मुक्तकमैया दिवसका अवसरमा कार्यक्रम गरेर मनाउने गरेका छन् । कमैयामुक्त घोषणा भएको लामो समय बितिसक्दा पनि कमैयाहरु पुनस्र्थापना हुननसकेको उनीहरुको गुनासो गर्ने गरेका छन् । त्यसै अवसरमा मुक्तकमैयाहरुले सोमबार दाङको लमहीमा २२ औं मुक्तकमैया दिवसका अवसरमा कार्यक्रम गरेर मनाएका छन् ।
हर्ष र उल्लासका साथमनाउनुपर्ने मुक्तकमैया दिवस अहिले पनि उनीहरुले आफ्ना समस्या सुनाउँदै मनाउने गरेको मुक्तकमैया लक्ष्मीप्रसाद चौधरीले बताए । सरकारले कमैया मुक्त गरेपनि कमैयालाई पुनस्र्थापना, सामाजिक सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, जमिनको व्यवस्था गर्न नसकेको उनको गुनासो छ ।
‘सरकारले कमैया मुक्तिको घोषणा गरेको २२ वर्ष पूरा भयो । तर हामीले अहिलसम्म जग्गापाउन सकेका छैनौ’,मुक्तकमैया चौधरीले भने,‘योभन्दा ठूलो समस्या के हुन्छ ?’ सरकारले कमैया मुक्तिको घोषणापनि केहीकमैयाहरुले पुनस्र्थापनाको लागीजग्गा, घर निर्माणको लागि काठ, नगद उपलब्ध गराउने, जोखिमयुक्त स्थानमा जग्गाप्राप्त गरेका तथा जग्गाधनी प्रमाणपत्र प्राप्त गरेर पनि जग्गा उपभोग गर्न नपाएको उनको गुनासो रहेको छ ।
कमैया मुक्तभएको २२ वर्ष पुगेपनि आफूहरुको समस्या समाधान हुननसकेको मुक्तकमैया कमलाचौधरीले बताइन् । सरकारले कमैया मुक्त घोषणासँगै जग्गा, घर निर्माणका लागि काठ र पैसा उपलब्ध गराउने सहमति गरेपनि अहिलेसम्म कार्यान्वयन नगरेको उनको गुनासो रहेको छ । उनले चुनावको समयमा नेताहरुले समस्या समाधा नगर्ने बाचा गरेपनि त्यसपछि कमैयालाई भुल्ने गरेको गुनासो गरिन् । ‘निर्वाचनको बेला सवै नेताहरुले आफ्नो पार्टीलाई जिताए, तपाईको समस्या समाधान गर्दिन्छौ भन्नुहुन्छ’,उनले भनिन्,‘तर निर्वाचन सकिएपछि त्यो बाचाभुल्ने गरेका छन् ।
सरकारले कमैलाई बेवास्थागर्दा मुक्तभएको २२ वर्ष भैसक्दापनि कमैयाहरुले न्यायपाउन नसकेको गुनासो गरेका थिए । साथै उनीहरुले कतिपय कमैयाहरुको अझैसम्म लगत संकलन समेत हुननसकेको गुनासो गरेका थिए । मुक्तकमैया समाजका अध्यक्ष हरिचन्द्र चौधरीकाअनुसार जिल्लामा परिचयपत्र प्राप्त गरेका एक हजार चार सय २६ जना मुक्तकमैयाहरु रहेका छन् ।
त्यसैगरी लगत संकलनगर्न छुटेका दुई हजार चार सय ३६ जना तीनहजार ७ सय ६२ जना मुक्तकमैयाको संख्या रहेको अध्यक्ष चौधरीले बताए । २२ औं मुक्तकमैया दिवसलाई सम्बोध नगर्दै लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित चौधरीले कमैयाका समस्या समाधानकालागि सरकार गम्भीर रहेको बताए । कमैया मुक्त घोषणा भएको दुई दशकसम्मपनि समस्या समाधान नहुनु दुःखद भएको भन्दै मन्त्रीचौधरीले समस्या समाधानकालागि पहल गर्ने बताएका थिए ।