मुर्मु बनिन् भारतकी १५ औं राष्ट्रपति
Thursday, July 21st, 2022, 9:39 pm
Kalpristha
छिमेकी भारतमा पहिलो पटक आदिवासी समुदायकी महिला राष्ट्रपति बनेकी छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार साँझ सकिएको मतगणनामा सत्तारूढ गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मु भारतको १५ औं राष्ट्रपतिमा विजयी भएकी छन्। उनले विपक्षी गठबन्धनका उम्मेदवार यशवन्त सिन्हालाई हराएकी हुन्।
मुर्मु राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनलाई बधाइ दिएका छन्।
देउवाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्- भारतको १५ औं राष्ट्रपति निर्वाचित भएकोमा श्रीमती द्रौपदी मुर्मुलाई नेपाली जनता र सरकारको तर्फबाट हार्दिक बधाइ! आगामी दिनमा नेपाल-भारतको सुमधुर सम्बन्धले नयाँ उचाइ लिनेछ भन्ने कुराम म विश्वस्त छु।
सन्थाल समुदायकी मुर्मु भारतमा आदिवासी समुदायबाट राष्ट्रपति हुने पहिलो महिला हुन् भने प्रतिभा पाटिलपछि राष्ट्रपति हुने उनी दोस्रो महिला हुन्।
द्रौपदी उडिसाको सन्थाल जाजातिको विपन्न परिवारमा जन्मिएकी हुन्। बाल्यकाल संघर्षमा बिताएकी द्रौपदीको जीवन पीडाहरुले भरिएको छ। उनले ३ वर्षको फरकमा दुई छोरा गुमाएकी थिईन्।द्रौपदीका एक छोरा लक्ष्मण मुर्मूको सन् २००९ मा निधन भएको थियो। मृत्यु रहस्यमय बन्यो।
छोराको मृत्युपछि द्रोपदी मानसिक रुपमा विक्षप्त भइन्। ६ महिनासम्म उनको मानसिक अवस्थामा समस्या आयो। उनी अध्यात्मिक कार्यमा लागेर सामान्य भइन्। तर, उनको जीवनमा अर्को बज्रपात आइलाग्यो। जेठो छोराको मृत्युको २ वर्षपछि कान्छो छोराको सडक दुर्घटनामा निधन भयो। त्यसपछि द्रौपदीले उक्त घरलाई होस्टलमा परिणत गरिन्। उनका पति लक्ष्मण मुर्मुको हृदयघातबाट सन् २०१४ मा निधन भएको थियो। द्रोपदी ओडिसाकी हुन्। उनी ६४ वर्षकी भइन्। उनकी एक छोरी इतिश्री मुर्मू छिन्।
झारखण्डकी पूर्व गर्भनर द्रौपदीले स्नातकसम्म अध्ययन पूरा गरेकी छिन्। उनी हिन्दू धर्म मान्छिन्। द्रौपदीले सुरुमा शिक्षकका रुपमा काम गरिन्। पछि राजनीतिमा प्रवेश गरिन्। भाजपाबाट सन् १९९७ मा उडसाको रैरानागपुर नगर पञ्चायतको काउन्सिलर निर्वाचित भएकी थिइन्। सन् २००० मा उक्त नगर पञ्चायतको प्रमुख बनिन्। भाजपाको आदिवासी मोर्चाको उपाध्यक्ष बनिन्। उडिसामा भाजपा र बिजु जनता दलको संयुक्त सरकार हुँदा २००० देखि २००२ सम्म मन्त्री भएकी थिईन्।