अवैध कुखुरा आयात रोक्न प्रशासनलाई ध्यानकर्षण
Friday, July 22nd, 2022, 5:48 pm
Kalpristha
शुक्रबार कुखुरा व्यवसायीहरुले अवैध कुखुरा आयात रोक्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय पुगेर कुखुरा व्यवसायीले अवैध कुखुरा तथा कुखुरा जन्य मासु ओसारपसारमा कडाइ गर्ने आग्रह गरेका हुन् ।
कुखुरा व्यवसाय मन्चको अगुवाईमा जिल्ला प्रशासन कार्यालय पुगेको टालिले भारतबाट अबैध रुपमा कुखुरा भित्रिदा किसान लगाएत समग्र व्यवसायलाई असर पुगेको जनाए । कुखुरा व्यवसाय मन्च बाँकेका अध्यक्ष धर्मराज पोख्रेलले बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रिलाई ध्यानाकार्षण पत्र बुझाउँदै वर्षौदेखि भारतबाट अवैधरुपमा भित्रिदा नेपालका किसानले गरेको लगानि सुरक्षित हुने बातावरण नभएको बताए ।
जबसम्म भारतिय कुखुरा अवैध आयात रोकिँदैन तबसम्म नेपालका किसान तथा व्यवसायिको लगानी शुरक्षित नहुने अध्यक्ष पोख्रेलले उल्लेख गरे ।
कुखुरा व्यवसायि संघ बाँकेका अध्यक्ष इश्वर सुवेदिले भारतबाट अवैध कुखुरा भित्रिदा नेपाली कुखुरा बिक्री नभइरहेको दुखेसो पोखे । अधिकांश पसलहरुमा नेपाली कुखुरा भन्दा पनि भारतिय कुखुरा आयात गरी बिक्री वितरण गरेकाले व्यवसाय नै धरासय बन्दै गएको बताए ।
प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रिले किसानलाई हौसला दिने जिम्मेवारी सबैको रहेकाले आफूहरु यस विषयमा गम्भिर रहेको बताए । उनले कहि कसैले अवैध रुपमा कुखुरा भित्रिरहेको थाहा पाउने वित्तिकै प्रहरीलाई खबर गरिदिन अनुरोध गरे । समन्वय र सहकार्यबाटै अवैध कुखुरा ओसार पसार रोक्न सकिने भन्दै हातेमालोका लागि अग्रसर भैदिन सरोकारवालाहरुलाई प्रमुख जिल्ला अधिकारीले अनुरोध गरे ।