रोशन पराजुलीका तीन लघुकथा
Saturday, July 23rd, 2022, 9:59 am
Kalpristha
रोशन पराजुली
महामानव ज्योति
‘कर्तब्यले कर्मको बोध गराउँछ र त समाजमा विचार लागू गर्न सकिन्छ ।‘
यस्तै यस्तै बिश्वासहरु मनमा गुन्दै उ लक्ष्य प्राप्तिको शिखर चुम्न अघि बढ्छ ।
समय उस्को साथि थियो । समयको मार्ग निर्देशन अनुसार उ गन्तब्यमा पनि पुग्यो ।
सृष्टिको परिभाषा बुझाउनु पनि थियो उस्लाई ।
समयले दिएको चिनारी पनि बताउनु थियो उस्लाई ।
सार्थक परिभाषा र परिचयका आधारमा निर्धारित समय अनुसार सुन्दर वबस्तुचित्र पनि कोर्नु थियो उस्लाई ।
ब्रम्हाण्डमा भएका जीवनहरुको परिचय अनि परिभाषा पनि दिनु थियो ।
सहजिकरणको बाटो अनि सृष्टिको मूल थलो नेपाल भनेर सहज गर्नु पनि थियो ।
उसले हिँडेको बाटो जताततै उज्यालो देख्थ्यो । माथि ज्योतिको मार्ग निर्देशन अनुसार उस्ले मानव सभ्यताको परिचय परिभाषा र जीवन चक्रबारे बताउनु थियो । र त ऊमात्र सत्य थियो ।
विचार शुद्व गथ्र्याे । व्यवहार शुद्व गथ्र्याे । सबैलाई समान देख्थ्यो । लोभ लालच केही थिएन । हिंसा उस्ले जान्दै जानेको थिएन । बाटो पनि सत्य नै थियो । कर्म पनि सत्य नै गथ्र्याे । आफ्नो परिभाषा पनि आफंै सुनाउँथ्यो । गन्तव्य पनि आफंै निर्धारण गर्ने खुवि थियो । कसैलाई बाधा नदिने उस्को स्वभाव थियो । अज्ञानिलाई ज्ञानको बाटोबाट माहान बनाउथ्यो । उ आफू चाहिँ एक्लो थियो अरुलाई एक बनाउँथ्यो ।
फूलको माला उनेर सजाउँन सिपालु पनि थियो ।
धर्य उस्को महान गुण थियो ।
सबैले उस्लाई सम्मान र पुज्यमान पनि गर्थे ।
भोकोलाई अन्न र प्यासिलाई पानी दिने उ दयाको सागर थियो, ऊ ।
सबैको ऊ प्रिय विधाता थियो ।
कर
मुख्य बजारको एतिहासिक चौतारामा प्राय पाकाहरुको जमघट भै रहन्थ्यो ।
उनीहरु आफ्ना बिचार र व्यवहार बाड्न बस्थे ।
दु:ख सुख्खका अनुभूति साटासाट पनि गर्थे ।
सन्तबीर बाजे हातमा झाडु बोकेर घरबाट हिँडेँ ।
कर्मबीर बाजे सातु सामल पानी बोकेर हिँडेँ ।
धर्मबीर बाजे केही कविता, कथा, उपन्यास र पत्रिका बोकेर हिँडेँ ।
मानबीर बाजे रेडियो काँधमा भिरेर घरबाट निस्के ।
शुरुबीर बाजे हातमा लौरो र चकटी बोकेर घरबाट निस्के ।
प्राय उनीहरु नौ बजे नै घरबाट निस्कन्थे ।
समय उमीहरुले नै निर्धारण गरेका थिए ।
जागिरबाट रिटार्ड जीवन बाँचेका उनीहरु ।
प्राय उनीहरु बेग्लै जिल्लाबाट बसाइँ सरेर यतै घरजम गरी बसेका हुन् ।
एक दिन सधै झै निर्धारित समयमा उनीहरु जब चौतारामा पाइला टेके । उनीहरु सबैको आँखा एकै चोटी त्यहा राखेको सूचना पाटीमा पर्याे ।
त्यहा नगरपालिकाको सूचना थियो ।
‘यो चौतारा माँसेर स–शुल्कको सुन्दर पार्क बनाउँनेछांै ।’ यहाँहरुसँग हामी माफी चाहान्छौं !
बिचरा पाकाहरु एकआपसमा मुखा मुख गर्दै छक्क परेर हेर्न थाले ।
मानवता ?
‘ट्याटु ट्याटु ट्याटु ट्याटु’ एम्बुलेन्सको आवाज गाउँमा गुन्जियो ।
रगात्मय रमाजी र हिड्न गार्हाे विमलाजीलाई गाउँको बाटोमा ट्याम्पो दुर्घटना भएपश्चात लिन हतारमा आयो ।
‘लु लु छिटो छिटो हतार गराँै । रमाजीको मुखबाट रगत बगिरहेछ ढिला नगरौं ।’
गाउँलेको उपस्थितिमा दुवैलाई एम्बुलेन्समा राखेर भाइ कान्छा यानी रमाजीको देवर बाबू एम्बुलेन्स लिएर जंगलको बाटो हुँदै अस्पताल तिर लागँे ।
‘ट्याटु ट्याटु ट्याटु’ गर्दै एम्बुलेन्स अघि अघि । केही गाउँलेसहित ट्याम्पु ड्राइभर दिनेशजी पनि अस्पताल तिर हानिए ।
विचरा दिनेश भरखर बुइनिको गौना गरेर विदाइ गरेको दुई महिनामात्र भएको थियो ।
आफंैले बोकेका साथिका श्रीमती, नानि र भाउजू ट्याम्पु दुर्घटना हुँदा कता कता डरमिश्रित चेहरा थियो उस्को ।
कोहि ‘यस्लाई छाड्नु हुन्न’ भन्ने थिए त, कोहि ‘विचरा दिनेश दु:ख गरेर कमाएको घडेरी पनि सकिने भयो’ भन्दै थिए ।
ऊ पनि आँट गरिरहेको थियो । घडेरि बेचेँर भए पनि साथिको भाउजु र जहानको उपचार गर्छु भन्ने थियो उस्लाई ।
अस्पताल परिसरमा ऊलगायत गाउँका केही भलादमी एम्बुलेन्ससँगै पुगे ।
हतार हतार गरेर आकस्मिक कक्षमा दुवैलाई पुर्याउनासाथ उपचार सुरु भई हाल्यो ।
जम्मा उपचार खर्च बन्यो बैसठ्ठी हजार ।
ऊ अवाक भयो अनि शिरमा हात राख्यो । उपचार सुरु हुँदामात्र यति अरु कति लाग्ला विष्म्रित भावमा अल्झियो ।
‘लु यहाँ उपचार हुन सक्दैन तपाईहरु बिमारी काठमाडौं लानुस ।’
अस्पताल प्रसासनको यस्तो अन्यौलताले उ झन झस्कियो ।
तर पनि आँट हार्या छैन इज्जतको ख्याल गर्याे उस्ले ।
‘हेलो, यो सरकारी अस्पताल हो ?’
‘हजुर हो त’ उतावाट जवाफ आयो ।
‘दुर्घटनाको बिमारी रिफर गरेर ल्याउँनु छ ।’
‘कहाँबाट ?’
‘हजुर नेपालगन्जबाट !’
‘हजुर वेड खाली छैन त ।’
‘ए हुन्छ ।’
‘पँख्नुस न तपाइका कोहि छन् चिनजानका यो अस्पतालमा ?’
‘छैन त ।’
‘ल सरी हामीबाट पार लाग्दैन माफ गर्नुस है ।’
फोन काटिन्छ ।
‘हजुर यो निजी अस्पताल हो ?’
‘हजुर, हो त ?’
‘हजुर कहाँवाट नि ?’
‘म नेपालगन्जबाट है ।’
गर्ब साथ
उस्ले भन्यो ।
‘ए अनि खर्च कति जम्मा छ त ?’
‘छैन, त्यस्तै पचास हजार मात्र छ ।’
‘ला सरी ल हामी सक्दैनौ । यहाँ उपचार गर्न पैसा नहुनेलाई गार्हाे छ है ।’
विचरा दिनेश टाउँकामा हाथ राखेर थुचुक्क बस्यो ।
‘थुक्क मानवता’ भन्दै चिच्याउन थाल्यो ऊ ।