पुष्पलालको ४४औं स्मृति दिवस मनाइयो
Saturday, July 23rd, 2022, 4:03 pm
Kalpristha
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शनिबार ४४ औं स्मृति दिवस मनाइएको छ । नेकपा एमाले बाँकेले नेपालगन्जमा विभिन्न कार्यक्रम गरेर पुष्पलालको स्मृति दिवस मनाएको हो ।
स्मृति दिवसको अवसरमा शनिबार बिहान नेपालगन्जमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण गरिएको थियो । उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य तथा सहइन्चार्ज मो. हारुन, पशुपति दयाल मिश्र, शान्ति ढकाल, प्रदेश कमिटी सदस्य बलिभद्र पुन, जिल्ला कमिटी अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्रीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा माल्यार्पण र एक मिनेट मौन धारण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पुर्याएको योग्दानको स्मरण गरेका थिए ।

.
त्यसैगरी शनिबार दिउँसो एमाले पार्टी कार्यालय, बाँकेमा विचार गोष्ठीको पनि आयोजना गरियो । गोष्ठीमा नेकपा एमाले नेपालगन्ज उप–महानगरपालिका कमिटीको आयोजनामा आयोजित १५ दिने प्रशिक्षण कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरियो ।
प्रशिक्षणका सहभागि र प्रशिक्षकहरुलाई केन्द्रीय सचिव विश्वकर्माले प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरेका हुन् ।