३ वर्षीय बालिकामाथि बलात्कारपछि हत्या प्रयास
Sunday, July 24th, 2022, 6:36 pm
Kalpristha
दाङ जिल्लाको बबई गाउँपालिका–५ की ३ वर्षीया बालिकामाथि बलात्कारपछि हत्याको प्रयास भएको छ । उनलाई सोही ठाउँका १४ वर्षीय किशोरले बलात्कारपश्चात भिरबाट खसालेका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बलातृकत बालिका शनिबार आरोपित किशोरको साथमा रहेको थिए । किशोरले बालिकालाई शनिबार बेलुकी बलात्कार गरेका थिए भने सोपश्चात भिरबाट खसालेका थिए ।
प्रहरीका अनुसार उक्त किशोरले हत्याको प्रयासले बालिकालाई भिरबाट खसालेका हुन् ।
बलातकृत किशोरले भिरबाट खसाल्नुपूर्व बालिकाको सुनको मुन्द्रा लुटेर थिए ।
बालिकाका परिवारजनले शुनिबार साँझ ७ बजे प्रहरीलाई खबर गरेपचि प्रहरीले बालिकोको खोजी कार्य सुरु गरेको थियो । प्रहरीले बालिकालाई भिरबाट करिब ५०मिटर तल खसालिएको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरी घटनास्थल पुग्दा बालिकालाई पानी प्यासले रोइरहेको अवस्थामा भेटेको थियो ।
बालिकालाई थप उपचारका लागि नेपालगन्जमा ल्याइएको छ ।
बलात्कारमा संलग्न किशोर प्रहरी हिरासतमा छन् । ती किशोर यसअघि पनि चोरीका घटनामा संलग्न रहँदै आएको प्रहरीको भनाइ छ ।