म बिक्दिन, म जान्द छु, म गर्छु : लामिछाने
Thursday, August 4th, 2022, 7:16 pm
Kalpristha
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले आफू देशलाई सुधार्न राजनीतिमा आएको बताउँदै आफू कुनै अवस्था र लालचमा आएर नबिक्ने बताएका छन् । बिहीबार नेपालगन्जमा आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै आफू देश परिवर्तन गर्न आएको भन्दै ‘म बिक्दिन, म जान्द छु, म गर्छु’ भनेर सम्बोधन गरेका छन् ।
उनले भने, ‘ म देश सुधार्न आएको हुँ । भ्रष्टाचार नेताहरुले खोक्रो पारेको हाम्रो देशलाई बदल्न आएको हुँ । यस सन्दर्भमा यदि तपाईहरुले पनि मेरा कामलाई घचघचाउनु पर्छ । यदि मैले कतै कहिलै भ्रष्टाचार गरेको, देशलाई क्षति हुने काम गरेको पाउनु भयो भने । मलाई डोरीले बाँधेर जे सजाय दिनु सक्नु हुन्छ । म भोग्न तयार छु ।’

….
उनले भेलामा आफू राजनीति गर्न मात्रै नभएर आफू जस्तै मानिसको खोजिमा हिँडेको बताए । उनले भने , ‘ मलाई धेरैले भन्नु हुन्छ, एक्लै हिँडेर कहाँ पुग्नु हुन्छ । एक्लै हिँडेर कहाँ हुन्छ । म उहाँहरुलाई भन्ने गर्छु । म एक्लै हिँडेको होइन । वर्षौ वर्ष हिँड्ने सहयात्रीको खोजीमा हिँडेको छु ।’
लामिछानेले देशका ठूला दलहरुले जनताको समस्यालाई नबुझेर आफन्तबाजलाई प्राथमिकता दिएको बताए । उनले जसले जनताको समस्यालाई बुझ्छ उसले जनताको समस्यालाई समाधान गर्छ भन्दै पक्ष र प्रतिपक्षमा रहेका दलहरुले जनता सेवा नगरी आफ्ना मानिसलाई भर्ती गर्न र विचौलीलाई सेवा गर्ने गरेको बताए ।

….
उनले दलका नेताहरुले सबै तिर आफ्ना मानिस राख्ने गरेकाले उनीहरुको भ्रष्टाचारको फाइल नखोलिने गरेको बताए । उनले भने, ‘हरेक दलहरुले न्यायालय भन्नुस् वा अख्तियार, सबैतिर आफ्नो आसेपासे राखेका छन् । जो दल सत्तामा आउँछ उसले त्यही गर्छ । अनि उनीहरुले गरेको भ्रष्टाचारको फाइल सधैं बन्द रहन्छ । म ति मान्छेहरु मरेर गए पछि उनीहरुको फाइल खोल्ने छु । उनीहरुलाई कारबाही गर्ने छु ।’

….
उनले देशको अस्मिता लुट्न फेरी अन्तिमपटक दलहरुले मौका मागेको बताए । ‘यिनीहरुले फेरि पनि बाँकी रहेको देशको अस्मिता लुट्न मौका मागि रहेका छन्,’ लामिछानेले बताए , ‘राष्ट्रिय स्वाधिनतामा, हाम्रो सिमानामा, हाम्रो अर्थतन्त्र, हाम्रो कृषिमा, हाम्रो पर्यटनमा, हाम्रो उद्योगमा, हाम्रो पर्यावरणमा, हाम्रो रोजगारी लगायतमा अनेक चिजमा भद्रगोल पारेर छोडेका छन् । यसलाई व्यवस्थापन गर्न नमिल्ने गरी भिजोलेर छोडेका छन् ।’
उनले नागरिकको भोटमा केही व्यक्तिले अधिकार जमाएर बस्ने गरेको बताए । उनले पैसाको धम्भमा केही व्यक्तिहरुले नागरिकको भोट किनबेच गर्ने गरेको र ती कुरा नागरिकलाई नै थाहा नहुने गरेको बताए । ‘कसैले तपाईको नामको भोटमा पैसा खाइसकेको हुन सक्छ । अब घन्टीमा भोट हालेर त्यस्ता पैसा खानेलाई रगत छाद्ने गरी हान्नु पर्छ ।’

….
लामिछानेले विदेशमा रहेको नागरिकले पनि भोट हाल्नु पर्ने अधिकारलाई विद्यमान सरकारले छायाँमा पारेको बताए । उनले सर्वोच्चले विदेशमा रहेका नेपालीहरुलाई पनि भोट हाल्ने अहिकार दिन आन्तरिम आदेश दिए पनि दल तथा सरकारले त्यसतर्फ चासो नदिएको बताए ।
लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सर्वसारा नेपालीको बताउँदै पार्टीमा दुईपटक भन्दा बढी कोही पनि सभापति हुन नपाउने बताए । उनले देशको कुनै पनि क्षेत्रका जनताले स्वतन्त्र पार्टीमा आफूले नेतृत्व दिन मिल्ने बताए ।

…