बासद्वारा समाचार खण्डन
Thursday, August 4th, 2022, 8:47 pm
Kalpristha
बागेश्वरी असलसासन कल्ब(बास) ले नेपालगन्ज उप-महानगरपालिकालाई उधृत गर्दै बास नेपाललाई जोडेर केही प्रकाशित समाचारहरुको भ्रामक रहेको जनाउँदै बिहीबार विज्ञप्ति निकालेर खण्डन गरेको छ । संस्थासँग जोडिएर महालेखाको प्रतिवेदनमा उल्लेख भएका टिप्पणी र प्रकाशित समाचार फरक रहेको बासले उल्लेख गरेको हो ।
महालेखा परीक्षकको बार्षिक प्रतिवेदन – २०७९ को क्र.सं. ५.३ मा बासलाई फुड बैंक संचालनका लागि ५ लाख भुक्तानी गरेको, खाद्यान्न खरिदका लागि भुक्तानी भएको उक्त रकमको श्रेष्ताको साथमा खर्चलाई प्रमाणित गर्ने बिल, भरपाई संलग्न नभएकाले प्रमाण पेश नभएकोमा लेखा परीक्षणको क्रममा पेश भएको उल्लेख छ । उल्लेखित बाक्याँशमा समाचारमा उल्लेख गरिए जस्तो अनियमितता गरेको, अनियमित भएको, बेरुजु देखिएको, प्रमाण नपुगेको भन्ने कहिँ कतै उल्लेख नभएको उल्लेख गरेको छ ।
बास नेपालकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकी र कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाशन गरेको विज्ञप्तीमा ॅकोभिड महामारीको पहिलो कहरमा उच्च जोखिमलाई प्रवाह नगरेर फुड बैंक संचालन गरी विपन्न समुदायका व्यक्तिहरुलाई निःशुल्करुपमा खाद्यान्न वितरण गरेको, फुड बैंकका लागि उपमहानगरपालिकाको बोर्ड बैठकको निणर्यअनुसार नियम संगत ढँगले भुक्तानी लिएको, खाद्यान्न खरिद गरी सोको बिल, भपारईसहित समयमा पेश गरेको प्रमाण यस संस्था र उप-महानरपालिकासँग रहेको’ उल्लेख छ । कोभिडको समयका लागि मात्र स्थापना भएको फुड बैंक सधैं भर अस्तित्वमा रहने सम्भावना नरहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी महालेखा परीक्षकको प्रतिबेदनको क्र.सं. ३४.३ र क्र.सं. ४६.१ मा उपमहानगरपालिका र वडाहरुमा सञ्चालन गरिएको हेल्प डेस्क पालिका र वडा कार्यालयहरु आफंैले उपलब्ध जनशक्तिबाट संचालन गर्नु पर्नेमा गैर सरकारी संस्थासँग सम्झौता गरी संचालन गरेकाले उक्त कार्य नियन्त्रण गर्नुपर्ने नीतिगत सुझाव दिइएको उल्लेख गर्दै विज्ञप्तिमा पालिका, वडा कार्यालयहरुमा सेवा लिन आउने सेवाग्राहीलाई सहयोग प्रदान गर्ने, आम नागरिकहरुका गुनासो सुुनुवाईका लागि सहजिकरण गर्ने उद्देश्यले नागरिक सहायता कक्ष (हेल्प डेस्क) पालिकाद्वारा नगर सभाबाट बार्षिकरुपमा विनियोजन गरिएको कार्यक्रम, बजेट बमोजिम पालिका र वडा कार्यालयहरुको निणर्य बमोजिम सम्झौता गरी नियम संगत ढंगले सञ्चालन गरी आवश्यक जनशक्ति परिचालन गरेर सेवा प्रदान गरेको, कार्यक्रम प्रभावकारी रहेको, सेवाग्राहीहरुलाई सेवा लिन सहज भएको, बिगतका वर्षहरु देखिनैं हेल्प डेस्क सम्झौता बमोजिम सञ्चालन भई कार्य प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गर्ने गरेको, हरेक आर्थिक वर्षमा नयाँ सम्झौता हुने गरेको प्रष्ट पारिएको छ ।