२२ लाख घुससहित उपसचिव पक्राउ
Thursday, August 4th, 2022, 9:02 pm
Kalpristha
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् । पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले मंगलबार बिहानैदेखि उपसचिव नेपालको निगरानी गरेको थियो । नेपालले नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको सुनिश्चित भएपछि टोलीले पक्राउ गरेको हो ।
्पक्राउ पर्ने बलेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपालको साथबाट अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले ६ लाख रुपैंया बरामत गरेको थि यो भने बाँकी साढे १६ लाख रुपैंया गाडीमा भेटिए अयोगले जनाएको छ ।
अख्तियारको टोलीले रंगेहात पक्राउ परेका कर्मचारीको साथबाट रकम बरामद भएपछि साथमा रहेका अरु सामानको पनि खानतलासी गर्छ । झोला, कागजपत्र र अरु सामान पनि हेर्छ । अख्तियारको टोलीले उनले साथमा लगेको सरकारी गाडीको पनि खानतलासी लिन थाल्यो, त्यसक्रममा थप साढे १६ लाख रुपैयाँ भेटिएको हो ।
६ लाख रुपैंया घुसका अतिरिक्त थप साढे १६ लाख रुपैंया भेटिएपछि अख्तियारको टोलीले उनीसँग थप सोधपुछ गर्यो । उनले त्यो रकम कहाँबाट, किन, केकालागि गाडीमा राखेको भन्ने खेलाउन सकेनन्, अर्थात् त्यो रकमको स्रोत खुलेन । अख्तियारले त्यो रकम समेत बरामद गरेर उपसचिव नेपाललाई पक्राउ गरेको छ ।