ह्वीलचियरमा विश्व भ्रमण निस्केका कार्की खजुरामा
Friday, August 5th, 2022, 8:53 pm
Kalpristha
ह्वीलचियरमार्फत विश्व भ्रमणमा निस्केका ओखलढुङ्गाका तेजबहादुर कार्की बाँकेको खजुरा गाउँपालिका आइपुगेका छन् । कार्कीले सहयोग रकम जुटाउन शुक्रबार खजुरा गाउँपालिकाका जनप्रतिनिधिलाई भेटेका छन् ।
पालिका उपाध्यक्ष मञ्जु मल्ल कार्कीको विश्व भ्रमणको लगाव देखेर आफूहरुले सहयोग गर्ने कालपृष्ठलाई बताइन् । उनले भनिन्, ‘ह्वीलचियरमा विश्व यात्रा गर्दै देजबहादुर कार्की ज्यूले नेपाललाई विश्वसामु चिनाउँदै आउनु भएको छ । यो हाम्रो लागि गौरवको कुरा हो । उहाँलाई सहयोग गर्ने हाम्रो इच्छा रहेको छ ।’
पालिका लेखा अधकिृत प्रदिप सुनारले अपाङ्ग कार्कीको विश्व भ्रमणमा सहयोग गर्न आर्थिक छलफल भइरहेको जनाएका छन् ।
कार्कीले हालसम्मको १३ वर्षे यात्रामा भारत, चीन, जापान, अष्टे्रलिया, नर्व, कोरिया, माल्दिभ्स, बुटान गरी करिब ३४ देशमा आपाङ्ग व्यक्तिले पनि केहि गर्न सक्छ भन्ने विश्वास दिलाउन भ्रमण गरसिकेका छन् । यात्राका क्रममा उनले राष्ट्र प्रमुखलाई भेट्ने गरेका छन् ।
कार्की आफू विश्वमा शान्तिको कामना गर्दै विश्वयात्रामा निस्केको बताउँछन् । उनी भन्छन्, ‘सपाङ्ग जस्तै काम गर्न सक्छ भन्ने भनाइलाई पुष्टि गरेर देखाउनका लागि मैले पदयात्रा सुरु गरेको हो । यसैले आफ्नो यात्रालाई ‘विश्वशान्ति ह्वीलचियर पदयात्रा’ नाम दइिएको छु ।’
कार्कीले २०६१ जेठ ४ गतेबाट आफ्नो विश्वयात्रा सुरु गरेका थिए । हालसम्म उनले नेपालका ७१ जिल्ला भ्रमण गरिसकेका छन् ।
पहिला कार्की बस ड्राइभर थिए । उनी काँकडभिट्टाबाट काठमाडौंको रात्री बस चलाउँथे । २०५७ माघ २३ गते त्रिशुली नदीबाट करिब २०० मिटर तल खसेर बस दुर्घटना हुँदा ३५ जना सवारीहरुको मुत्यु भएपछि शान्तिको खोजीमा उनी विश्व भ्रमण नस्किेका हुन् । कार्की उक्त दुर्घटनामा परी आपाङ्ग भएका हुन् ।
उनले ४ वर्षसम्म उपचार गराएका थिए । उपचारमा उनको दुवै खुट्टा काट्नु परेको थियो ।