बागेश्वरी परिसरमा बालपार्कको निर्माण
Sunday, August 7th, 2022, 9:24 pm
Kalpristha
नेपालगन्जमा रहेको पश्चिम नेपालको प्रशिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरको परिसरमा बाल पार्क निर्माण सुरु भएको छ । मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण कार्य आइतबारदेखि भएको हो ।
करिब ६ करोड रुपैयाँ लागत अनुमान रहेको सो बालपार्कको नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका छन् । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ ।
भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्दिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्ने निर्माण कम्पनीलाई आग्रह गरे ।
करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट, पार्किङ, फुटपाथ, सटरसहित बालपार्कका लागि आधारभुत काम हुनेछ ।
डिपिआर अनुसार आधुनिक संरचना सहितको बालपार्क र दुईतल्ले रेष्टुरेन्ट निर्माण गरिनेछ । यसको निर्माण सम्पन्न भएपछि बागेश्वरी मन्दिरको सौन्दर्यकरणमा समेत सहयोग पुग्नेछ ।
पहिलो चरणको निर्माण सम्पन्न भएपछि दोश्रो चरणको निर्माण कार्य अघि बढाइने प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहराले जानकारी दिए ।