सिद्धिकी ‘नाईस अवार्ड-२०२२’ बाट सम्मानित
Monday, August 8th, 2022, 9:01 pm
Kalpristha
समाजसेवी प्रबेज अलि सिद्धिकी नाईस अवार्ड २०२२ बाट सम्मानित भएका छन् । नाईस नेपालगन्जको आयोजनामा साउन २३ गते सम्पन्न तेस्रो साधारण सभा, वार्षिकोत्सव तथा प्रथम अधिबेशनमा सिद्धिकीलाई सो अवार्ड प्रदान गरिएको हो ।
बिगत तीन दशक देखि बाँके युनेस्को क्लबका माध्यमबाट अविछिन्न सामाजिक सेवामा समार्पित सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति, बाँकेका उपप्रमुख सिता कार्की, संस्थाका अध्यक्ष नमस्कार शाहले संयुक्त रुपमा १० हजार नगद सहित कदर पत्र प्रदान गरेर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले सामाजिक परिवर्तनका लागि संघ, संस्थाहरुले पुर्याएको योगदानको चर्चा गरिन् । सम्मानित व्यक्तित्व बाँके युनेस्को क्लबका संरक्षक प्रबेज अलि सिद्धिकीले निस्वार्थ भावनाले सामाजिक कार्यमा निरन्तर लागिरहेको बताए ।
कार्यक्रमकै बिचमा ह्विल चियरका माध्यमबाट विश्व यात्रा गरिरहेका तेज बहादुर कार्कीलाई संस्थाका अध्यक्ष नमस्कार शाहले आफ्नो जन्म दिनको अवसरमा १० हजार नगद सहयोग गरेका थिए । अवार्डका लागि डाक्टर प्रकाश नागको नेतृत्वमा रहेको प्रकाश मेडिकल हलले सहकार्य गरेको थियो । गत वर्ष लागूऔषध विरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई नाईस अवार्ड प्रदान गरिएको थियो ।