साथ परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न
Wednesday, August 10th, 2022, 7:02 pm
Kalpristha
साथ परियोजना राप्तीसोनारी गाउँपालिकाको ५,६ र ७ नम्बर वडामा संचालन भैरहेको छ । तिन वर्षे कार्यक्रम अन्तर्गत सुरुआती चरणमा छ महिनाको कार्यप्रगति विवरण सहित सामाजिक लेखा परिक्षण सम्पन्न गरिएको हो ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ साउन
ईन्टरनेशनल नेपाल फेलोशिप(नेपाल) बाँकेद्धारा संचालित साथ परियोजना सामाजिक लेखा परिक्षण कार्यक्रम राप्तीसोनारीमा सम्पन्न भएको छ ।
साथ परियोजना राप्तीसोनारी गाउँपालिकाको ५,६ र ७ नम्बर वडामा संचालन भैरहेको छ । तिन वर्षे कार्यक्रम अन्तर्गत सुरुआती चरणमा छ महिनाको कार्यप्रगति विवरण सहित सामाजिक लेखा परिक्षण सम्पन्न गरिएको हो ।
बुधबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ अध्यक्ष झगरु थारुको प्रमुख आतिथ्यमा भएको सामाजिक लेखा परिक्षण कार्यक्रममा साथ परियोजना संयोजक अभिशेक विक, परियोजना सुपरभाईजर राजु घर्ती मगर र स्थानीय सहजकर्ता मीना खड्का ओलीले स्थानीयले गरेको प्रश्न र जिज्ञासालाई सम्बोधन गरेका थिए ।
कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ वडा सदस्य कमला विक, वडा सदस्य सिता देवी थारु, वडा सदस्य गोविन्द जैसी, वडा सचिव हुँमा डाँगी, स्थानीय मानव अधिकार संजाल प्रतिनिधि धनी ओली, बिनौना स्वास्थ्य चौकी इन्र्चाज सन्दिप कुमार थारु, इलाका प्रहरी कार्यालय धामपुर चौकी प्रतिनिधि तुलसीराम चौधरी, अपाङ्गता शसक्तिकरण संस्था अध्यक्ष याम बहादुर ओली, निगरानी समुह उपाध्यक्ष विर बहादुर गिरी, सिद्धेश्वरी सामुदायिक वन उपभोक्ता समिति सचिव यमकला बस्नेत, श्री सिद्धेश्वरी समाज सुधार युवा क्लब प्रतिनिधि प्काश गिरी, महिला स्वास्थ्य स्वयमसेविका साबित्री थापा लगायतको उपस्थिती रहेको थियो ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा परियोजना अन्तर्गत निर्माण गरिएका २० समुखको प्रतिनिधित्व गर्दै दिपज्योती समुहकी गंगा केसी र गतिशिल कृषी समुहका कुल बहादुर ओलीले आफनो अनुभव सुनाएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष झगरु थारुले आफनो मनैंदेखिको चेतना जगाउन गाउँमा आवश्यक रहेको बताए ।
उनले भने,‘मनैंदेखि हामीले आफुलाई परिवर्तन गर्न समाजमा हुने थुप्रैं हिंसा, अपराधको रोकथाम गर्न सकिन्छ । आइएनएफले धेरै राम्रो काम संचालन गरेको छ । त्यसलाई हामीले मनैदेखी मनन गरेमा मात्र यसको सही सदुपयोग हुनेछ ।’
परियोजना अन्तर्गत समुहमा आवद्ध स्थानीयले सदुपयोग गर्दै अन्यलाई सिकाउन सकेमात्र समाज परिवर्तनमा सीपको सहि सदुपयोग हुने वडा अध्यक्ष थारुले बताए ।

परियोजना संयोजक विकले सामाजिक लेखा परिक्षणमा आएका सुझाव, सल्लाह र प्रतिक्रियाले कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडी बढाउन मार्गनिर्देशन प्रदान गरेको बताए । उनले भने,‘उत्साह जनक रुपमा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन हामीलाई महत्वपुर्ण सुझाव प्राप्त भएका छन । तिनलाई आत्मसाथ गर्दै परियोजनाको लक्ष्य प्राप्तमा हामी काम गर्नेछौं ।’
कार्यक्रममा परियोजना सुपरभाईजर घर्तीमगरले परियोजना अन्तर्गत समुदायमा पछिल्लो छ महिनामा भएका कामको प्रगति र आगामी दिनमा गर्ने योजनाका बारेमा जानकारी गराएका थिए ।
यसैगरी मंगलबार राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा संचालित कार्यक्रमको पनि सामाजिक लेखा परिक्षण सम्पन्न गरिएको थियो । राप्तीसोनारीको सहिद पार्कमा भएको सामाजिक लेखा परिक्षणमा परियोजना संयोजक, सुपरभाईजर, स्थानीय सहजकर्ता रिता कुमारी चौधरीले स्थानीय र सरोकारवालाले गरेका प्रश्नको जवाफ दिएका थिए ।
कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ सदस्य नर बहादुर पुन, वडा नम्बर ७ सदस्य जित बहादुर थारु, मीना बुढा, इलाही गढी, जगत रैदास, अस्थायी प्रहरी चौकी ‘ख’ मेहानपुरका इन्र्चाज याम बहादुर बस्नेत, बुद्धिजुवी आसमाली पुन, राप्ती युवा क्लबका अध्यक्ष मनोज कुमार पाण्डे, क्लबका हरिराम थारु, दिप नारायण शाह, सिद्धेश्वर बाल क्लबकी सुमित्रा थारु, मनिषा थारु, निगरानी समुहका अध्यक्ष मान बहादुर थारुको सहभागिता रहेको थियो ।
कार्यक्रममा परियोजना अन्तर्गत गठन गरिएका २० वटा समुहको प्रतिनिधित्व गर्दै लक्ष्मी बचत समुहकी गंगा शाह र दिपज्योती समुहका इतवारी थारुले आफनो परियोजनाले स्थानीय बासिन्दामा ल्याएको परिवर्तनको बारेमा अनुभव सुनाएका थिए ।
क्याप्सनः साथ परियोजनाको सामाजिक लेखा परिक्षणमा सहभागि अतिथी र परियोजना अधिकारीहरु । क्याप्सनः कमल खत्री