एयरपोर्टमा तिज नृत्य प्रतियोगिता हुँदैं
Thursday, August 11th, 2022, 11:52 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ साउन
अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था र एयरपोर्ट टोल सुधार समितिले तिज विशेष कार्यक्रम गर्ने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० मा रहेको अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था र एयरपोर्ट टोल सुधार समितिको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रमसँगै अन्य सामाजिक कार्य गर्ने तयारी गरिएको छ ।
‘मौलिक परम्परा, कला संस्कृतिको जर्गेना गरौं, वडा नम्बर २० लाई समृद्ध बनाउ’ भन्ने मुल नाराका साथ एयरपोर्ट टोल सरसफाई कार्यक्रम गर्न लागिएको हो ।
विविध कार्यक्रम अन्तर्गत आगामी भदौं २ गते बिहिबार विहान ७ बजे टोल सरसफाई कार्यक्रम, भदौं ४ गते शनिबार खुला एकल नृत्य प्रतियोगिता र दर खाने कार्यक्रम आयोजना गरिएको अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था अध्यक्ष उषा थापा भण्डारी र एयरपोर्ट टोल सुधार समितिका अध्यक्ष शिवेन्द्र बहादुर भण्डारीले बताएका छन ।
तिज विशेष नृत्य प्रतियोगिताको प्रथम हुनेलाई ७ हजार ५ सय, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई १ हजार पुरस्कार प्रदान गरिने एयरपोर्ट टोल सुधार समितिका उपाध्यक्ष एवम् समाजसेवी घनश्याम थापाले बताए ।