एमालेको बृहत प्रशिक्षण खजुरामा
Tuesday, August 16th, 2022, 5:54 pm
Kalpristha
नेकपा एमालेले बाँकेले खजुरा गाउँपालिकामा बृहत प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पाँच दलिय महागठबन्धनविरुद्ध आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले बाँकेले कार्यकर्ता परिचालनलाई तीव्रता दिन मंगलबारदेखि अभियान सुरु गरेको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।
खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको मिनीपार्कमा संचालित जिल्लास्तरीय प्रशिक्षणमा पार्टी केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सचिव एवम् पार्टी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा, सहइन्चार्ज लिला गिरी, बाँके इन्चार्ज सूर्य ढकाल, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललगायतका नेताले प्रशिक्षण दिने छन् ।
कार्यक्रममा पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिस्ट आन्दोलन सिध्याउने खेल भएको बताए । उनले एमालेलाई मूलधार मानेर माओवादी आन्दोलन तथा अन्य कम्युनिस्ट पार्टीबाट मुल धारमा आउने क्रम जारी रहेको बताए ।

….
त्यस्तै ज्ञवालीले स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत मत ल्याएको एमाले जनताको पक्षमा रहेको बताए । उनले स्थानीय तहमा इतिहासमा सबैभन्दा अन्तरघात भएका कारण धेरै ठाउँमा पराजित हुनु परेको बताउँदै पाँच दल मिलेर पनि एमालेलाई जित्ने आधार गठबन्धनसँग नभएको बताए ।
लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल विश्वकर्माले गठबन्धन एमालेका लागि अवसर रहेको बताए । सबैलाई पछारेको एमालेले यसपटक गठबन्धनलाई पनि पछार्ने अवसर आएको बताए ।
तीन वटै क्षेत्रीय कमिटीको बैठक भदौ ५ गते, सबै प्रदेश ‘क’ कमिटी बैठक भदौ ६ गते र सबै प्रदेश ‘ख’ कमिटी बैठक भदौ ७ गते गर्ने, भदौ १ देखि १५ गतेसम्म वडा कमिटीहरुको बैठक, सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, अखिल, अनेमसंघ, राष्ट्रिय युवा संघ, नेपाल उत्पीडित जातिय मुक्ति समाज र अनेकिसंघ, वडा कमिटीहरु गठन तथा बैठक गरिसक्ने र संगठन विभागले तयार गरी जारी गरेको संगठित सदस्यको परिवारीक विवरण भरी सक्नेलगायतका निणर्य गरेको छ ।