शिवसेना नेपालगन्जको अध्यक्षमा केसी
Wednesday, August 17th, 2022, 5:33 pm
Kalpristha
नेपाल शिवसेना बाँके नेपालगन्ज नगर कमिटीको अध्यक्ष सुनिल राज केसी चयन भएका छन् ।
बुधबार नेपालगन्ज सम्पन्न प्रथम नगर सम्मेलनले सुनिल केसीको अध्यक्षतामा ७६ सदस्यीय कमिटी गठन गरेको छ । साथै उपाध्यक्षमा विजय थापालगायत ७६ सदस्यीय चयन भएका छन् ।
यसैबीच नवगठिन नगर कमिटीको पहिलो बैठकमा हिन्दू धर्मको रक्षा गर्नुका साथै कुनै पनि धर्मको आस्थामाथि ठेस आउने काम नगने, कुनै पनि मुद्दामा एकल निर्णय नगरी नगर कमिटीको निर्णय अनुसार कार्य गर्नु पर्ने लगायतका निर्णय गरेको छ ।
अध्यक्ष सुनिलको अध्यक्षतामा बसेको बैठकले अबका महिनाभित्र नेपालगन्ज उप–महानगरपालिकाका वडाहरूको वडा सम्मेलन तथा वडा कमिटी गठन गर्ने पनि निर्णय गरेको छ ।
उक्त कार्यक्रममा सभापति नेपालगन्ज उप–महानगरपालिकाका नगर अध्यक्ष सुनिल राज केसी, प्रमुख अतिथि अभिभावक दिवाकार खनाल, विशिस्ट अतिथि नेपाल शिवसेना केन्द्रीय अध्यक्ष राजकुमार रौनियार, अतिथि किशोर लामा, मंगल जिएम, शेरबहादुर शाही, बाँके महिला अध्यक्ष खुमा वली, नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती क्षेत्रका उपाध्यक्ष तेज नारायण कडेललगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा अतिथिहरुले हिन्दू धर्मको रक्षा कसरी गर्ने र अब हुने प्रदेश तथा संसदीय सभाको चुनावमा स्वतन्त्र रुपमा नेपाल शिवसेनाले पनि उम्मेदवारी दिने, संसदीय भवनमा शिवसेनाको उपस्थिति गराई हिन्दू धर्मको आवाज उठाउने, देश व्यापीरुपमा हिन्दू राज्य हुनुपर्ने जस्ता कुराहरु राखेका थिए ।