सुधार केन्द्रमा एकजनाको मृत्यु
Wednesday, August 17th, 2022, 5:49 pm
Kalpristha
नेपालगन्जको शान्तिनगरस्थित शुभारम्भ सुधार केन्द्रमा बर्दियाका एकजनाको मृत्यु भएको छ । मदिरा प्रयोग गरी परिवारलाई सताएको भन्दै सुधार केन्द्रमा भर्ना गरिएका बढैया गाउँपालिका ८ स्याउली बजारका ५६ वर्षीय रमेश अधिकारीको मृत्यु हो । ।
बाँके प्रहरी प्रवक्ता डिएसी रामप्रसाद घर्ती मगरका अनुसार रमेश विरामी भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बुधबार बिहान मृत्यु भएको हो । श्रीमानश्रीमतिको विवादका कारण श्रीमति बाँकेको कोहलपुर र नेपालगन्ज बस्दै आएकी थिईन । रमेश बर्दियाको स्याउली बजार बस्दै आएको परिवारले जनाएका छन् । मृतक रमेशका ज्वाई ज्ञानहादुर शाहीका अनुसार मृत्यु घटना रहस्यमय छ ।
उनले घटनाको छानबीनको माग गरे । कोहलपुर बस्दै आएकी श्रीमति अधिकारीले साउन २६ गते राति ११ वजे परिवारका कसैलाई पनि जानकारी नदिई स्याउली बजारबाट रमेशलाई ल्याएर सुधार केन्द्रमा लगेर राखेको आरोप शाहीले लगाए । उनले रमेशको मृत्य भएपछि पनि उनकी श्रीमतिले घरको आमा र आफन्त कसैलाई जानकारी नदिएको गुनासो गरे । प्रहरीले घटनाको अनुसन्धान गर्न रमेशको शव भेरी अस्पतालमा पोष्टमार्टमका लागि पठाएको जनाएको छ ।
युवकको शव फेला
कोहलपुर वडा नम्बर ७ शक्ति सामुदायिक बनमा एक युबकको शब फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कोहलपुर वडा नम्बर १४ बस्ने अन्दाजी बर्ष १६ का युबक रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
घटना लगतै अनुसन्धानका क्रममा संकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
मृतक व्यक्तिलाई भाटा तथा लठिले हानेर हत्या गरेको जस्तो घाउहरु देखिएको प्रहरिको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।