अतिक्रमण खाली गर्दै कोहलपुर
Wednesday, August 17th, 2022, 6:17 pm
Kalpristha
कोहलपुर नगरपालिकाले अतिक्रमित सरकारी जमिन खाली गराउने तयारी गरेको छ । नगर क्षेत्रमा सरकारी जमिन अतिक्रमण गरेर बसोवास गरेका पहिलो चरणमा दुई स्थानमा हटाउन छलफल भइरहेको नगर प्रमुख पूणर् आचार्यले जानकारी दिए ।
विभिन्न जिल्लामा जग्गा जमिन भएका, सरकारी जागिर भएका कोहलपुरमा सुकम्वासी हुन नपाउने बताउँदै आचार्यले भने, ‘सरकारी जागिर खाने र सरकारी जमिन अतिक्रमण गरेर बस्न पाइदैन, सबैको प्रोफाइल तयार गरिरहेको हुँदा को-कहाँबाट आएको हो, उसको परिवारको अवस्था कस्तो हो, भनेर सबै बुझन लागिरहेको छु ।’
वास्तविक सुकम्बासी भएमा भूमी आयोगले नै उचित ब्यवस्थापन गर्ने आचार्यको भनाई छ । कोहलपुरको समग्र विकासका लागि कोहलपुरमा रहेका राजनीतिक दल, नागरिक समाज, सचेत नागरिक समेतको भूमिका रहने भएकाले सबैलाई यस विषयमा सल्लाह सुझाव दिन समेत आचार्यले आग्रह गरेका छन् ।
कोहलपुरमा नापी र मालपोत ल्याउने, पुरानो बसपार्क व्यवस्थापन गर्ने, सडकको अतिक्रमण हटाउने, नगर विकासको जग्गा अतिक्रमण नियन्त्रण, हुलाक र सव-डिभिजन वन कार्यालयलाई अन्यत्र स्थान्तरण गर्ने लगायत विविध विषयमा केहीदिन अघि आचार्यले मन्त्रालयमा छलफल गरेका थिए ।