खर्च नै बुझाउँदैनन् उम्मेदवार
Thursday, August 18th, 2022, 4:20 pm
Kalpristha
५०४ जनाले मात्रै बुझाए खर्च विवरण
लिलाधर वली
निर्वाचनको परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्चको विवरण गर्नु पर्ने व्यवस्था भएपनि दाङमा वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका १ हजार ७ सय ३ जना उम्मेदवारहरुले अझैसम्म खर्च विवरण बुझाएका छैनन् । उम्मेदवार २२.८४ प्रतिशत उम्मेदवारहरुले मात्र खर्च विवरण पेस गरेका छन् । देशभर एक लाख १५ हजार १३३ उमेदवारले अहिलेसम्मै खर्च विवरण नै बुझाएका छैनन् ।
निर्वाचन ऐन, २०७३ को दफा २६ मा खर्च बराबरको रकम वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ, त्यहीअनुसार कारबाही गर्न सक्ने व्यवस्था छ । ‘कुनै राजनीतिक दल वा उमेदवारले दफा २५ को उपदफा (१) बमोजिम निर्वाचन खर्चको विवरण पेस नगरेमा वा त्यसरी पेस भएको विवरणमा सोही दफाको उपदफा (२) बमोजिम लेखापरीक्षण हुँदा लेखापरीक्षकको प्रतिवेदनको आधारमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानुनी प्रयोजनका लागि गैरकानुनी तवरले खर्च गरेको देखिएमा आयोगले त्यस्तो राजनीतिक दल वा उमेदवारलाई त्यसरी गरेको खर्च बराबरको रकम वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ, सो बराबरको रकम जरिवाना गर्न सक्नेछ’,उफदफा २ मा भनिएको छ ।
सोही ऐनको दफा १ मा निर्धारित समयभन्दा पछि खर्च विवरण बुझाउनेलाई उसले गरेको खर्च वा आयोगले निर्धारण गरेको मध्ये जुन बढी हुन्छ, सोहीअनुसार कारबाही हुने व्यवस्था छ ।
गएको बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा जिल्लाका दश स्थानीय तहमा प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बनेका २२०७ जना उम्मेदवारहरु मध्य ५०४ जनाले मात्रै खर्च विवरण बुझाएका छन् । उनीहरु मध्य ५ सय ३ जनाले समयमै र एक जनाले समयभन्दापछि खर्च विवरण बुझाएका छन भने बाँकी १७०३ जना उम्मेदवारहरुले अझैसम्म खर्च विवरण बुझाएका छैनन् ।
निर्वाचनको मतमरिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेदवारहरुले सम्वन्धीत जिल्लामा रहेको कार्यालयमा खर्च विवरण पेस गर्नुपर्ने भएपनि जिल्लामा साउनको महिनासम्म ५०४ जनाले मात्रै खर्च विवरण बुझाएका हुन । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार हालसम्म घोराही उपमहानगरपालिकामा १३२ जना, तुलसीपुर उपमहानगरपालिकामा ५३ जना, लमही नगरपालिकामा १ जना, राप्ती गाउँपालिकामा १०० जना, गढवा गाउँपालिकामा ५४ जना, राजपुर गाउँपालिकामा ३६ जना, बंगलाचुली गाउँपालिकामा ९ जना, बबई गाउँपालिकामा ४४ जना, दंगशरण गाउँपलिकामा ३३ जना र शान्तिनगर गाउँपालिकामा ४२ जना उम्मेदवारले मात्रै खर्च विवरण पेस गरेका छन् ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका २ हजार २ सय ७ जना उम्मेदवारहरु मध्य १ हजार ७ सय ३ जनाले खर्च विवरण पेस गर्न अटेरी गरेका छन् । जिल्लाका दश पाालिका मध्य सवैभन्दा धेरै घोराहीका उपमहानगरपालिकामा १ सय ३२ जना उम्मेदवारहरुले खर्च विवरण पेस गरेका छन् । जसमा प्रमुख ८ जना, उपप्रमुख ५ जना, वडा अध्यक्ष ३९ जना, महिला सदस्य २२ जना, दलित महिला सदस्य १९ जना र सदस्य ३९ जना रहेका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका प्रमुखमा ५ जना, उपप्रमुख ३ जना, वडा अध्यक्ष १८ जना, महिला सदस्य ६ जना, दलित महिला सदस्य ६ र सदस्य १५ जना गरी जम्मा ५३ जना मात्रैले खर्च विवरण पेस गरेको कार्यालयका सूचनाअधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् ।
त्यसैगरी गढवा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष २/२ जना, वडा अध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य १०/१० र खुल्ला सदस्य २० जना गरी ५४ जना, राप्ती गाउँपालिकामा अध्यक्षमा ४, उपाध्यक्ष ३, वडा अध्यक्ष २१ जना, महिला सदस्य १७, दलित महिला सदस्य १८ जना र सदस्य ३७ जना गरेर जम्मा १०० जना, राजपुर गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष १/१ जना, वडा अध्यक्ष र महिला सदस्य ७/७ जना, दलित महिला सदस्य ६ जना र सदस्य १४ जना गरी ३६ जना, बंगलाचुली गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष २/२ जना, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य १/१ जना र सदस्य २ जना गरी जम्मा ९ जना, दंगीशरण गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष २/२, वडा अध्यक्ष ५ जना, महिला सदस्य ७ जना, दलित महिला सदस्य ५ जना र सदस्य १२ जना गरी जम्मा ३३ जना, बबई गाउँपालिकामा अध्यक्षमा ३ जना, उपाध्यक्ष १, वडा अध्यक्ष १० जना, महिला सदस्य र दलित महिला सदस्य ७/७ जना र सदस्य १६ जना गरी ४४ जना र शान्तिनगर गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष १/१ जना, वडा अध्यक्ष, महिला सदस्य र दलित महिला ८/८ र सदस्य १६ जना गरी ४२ जनाले खर्च विवरण पेस गरेका हुन ।
त्यसैगरी जिल्लामा सवैभन्दा कम लमही नगरपालिकामा एक जना उम्मेदवारले मात्र खर्च विवरण पेस गरेको कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लाका दश पालिकाहरु मध्य लमहीनगरपालिकामा नगर प्रमुखका एक जना उम्मेदवारले मात्रै खर्च विवरण पेस गरेका छन् । लमही नगरपालिकामा ३ सय ३५ जना उम्मेदवार रहेका थिए ।
खर्च पेस नगर्ने उम्मेदवार कुन पालिकामा कति ?
घोराहीमा प्रमुखमा ६,उपप्रमुखमा ३ जना, वडा अध्यक्ष ६६, महिला सदस्य ५३, दलित महिला सदस्य ५० र सदस्य ११२ जना गरी २९०ले खर्च विवरण पेस गरेका छैनन् ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा प्रमुख/उपप्रमुख ६/६ जना, वडा अध्यक्ष ७९ जना, महिला सदस्य ६६ , दलित महिला सदस्य ५८ र सदस्य १३९ गरी ३५४ जना, लमही नगरपालिकमा नगर प्रमुखमा ७ जना, उपप्रमुखमा ८ जना, वडा अध्यक्ष ५० जना, महिला सदस्य ४५ जना, दलित महिला सदस्य ३८ जना, सदस्य ८६ जना गरी २३४जना, गढवा गाउँपालिकामा अध्यक्षमा ७ जना, उपाध्यक्ष ६, वडा अध्यक्ष ३०, महिला सदस्य २१, दलित महिला सदस्य २०, सदस्य ४९ गरी १३३ जना, राजपुुर गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष ५/५ जना, वडा अध्यक्ष ३३ जना, महिला सदस्य २७ जना, दलित महिला सदस्य २४ जना, सदस्य ५३ जना गरेर १४७ जना र राप्ती गाउँपालिकामा अध्यक्ष ३ जना, उपाध्यक्ष २, वडा अध्यक्ष २६ जना, महिला सदस्य २३, दलित महिला सदस्य २० जना र सदस्य ५० गरेर १२४ जनाले खर्च विवरण पेस नगरेको कार्यालयले जनाएको छ ।
बंगलाचुली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार २/२ जना, वडा अध्यक्ष २१ जना, महिला सदस्य र दलित महिला सदस्य २०/२० जना र सदस्य ४० जना गरेर १०५ जना, दंगीशरण गाउँपालिकामा अध्यक्ष ५, उपाध्यक्ष ४ , वडा अध्यक्ष २६, महिला सदस्य २०, दलित महिला सदस्य १९ र सदस्य ४२ गरेर ११६ जना, बबई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा ४/४ जना, वडा अध्यक्ष २६ जना, महिला सदस्य १६ जना ,दलित महिला सदस्य १३ र सदस्य ३६ गरेर ९९ जना र शान्तिनगर गाउँपालिकामा अध्यक्षमा ६ जना, उपाध्यक्षमा ३ जना, वडा अध्यक्षमा २५ जना, महिला सदस्य १९ जना, दलित महिला सदस्य १३ र सदस्य ३५ जना गरेर १०१ जना उम्मेदवारले खर्च विवरण पेस नगरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।