‘आकासे पुल विकासको बाधक नबनोस’
Thursday, August 18th, 2022, 8:50 pm
Kalpristha
भिष्म लोध
नेपालगन्ज, २ भदौं
बाँके क्षेत्र नं २ बाट निर्वाचित सांसदमोहम्मदइस्तियाक राई भौतिकतथायातायातमन्त्रीभएदेखि नेपालगञ्जको विकासमा केहि चासो देखिएको छ । आफ्नै क्षेत्रको संसद मन्त्री भएपछि जनताले पनिअपेक्षागर्नु सामान्य नै हो ।
साथ साथै कुनैपनि स्थानको विकास सामान्यप्रकृया अन्तर्गत हुनु पर्दछ र आमजनताले यसको अनुभवगर्न पाउँनु पर्दछ । तर केहि दिनएता नेपालगञ्ज र कोहलपुरमाआकासे पुलबन्ने भन्ने कुरा सामाजिक सञ्जालतथापत्रपत्रिकाहरुमानिकै छाएका छन् । यो स्तम्भ लेखिरहँदा, विकास विरोधीभन्दापनिदिगो विकास होस् भन्ने लागेको छ ।
आकासे पुल सभ्यशहरको सुचकपनिहो । जहाँयातायात साधनहरुको भिडभाड (जाम) रहन्छ, सर्वसाधारणले सहजै बाटो काट्न नसक्ने खालको रहन्छ, त्यस ठाँउमा आकासे पुलनिकै उपयोगीपनि रहन्छ ।
हामीलाई थाहा छ, ललितपुरको रातो मछिन्द्रनाथको रथ तान्ने बाटोमाआवश्यकभएपनिआकासे पुल राखिएको छैन, र बिदेश तिर पनि ठुला पानीजहाजचल्ने स्थानमापुलबने पनित्यसलाई खोल्न मिल्ले गरेर बनाइएका छन् ।
त्यही दुरदर्शिताको कमीले हाम्रो नेपालगञ्जको सीमानाकादशगजामाबनेको नेपालभित्रने गेट नाममात्रको विचमा ढडिएको छ । जमुनाहानाका नेपालगञ्जशहरको मात्रनभएर पश्चिम नेपालको मुलप्रवेशद्वार पनिहो । विशेष गरि कर्णाली र पश्चिम क्षेत्रमा नै दैनिकजीवनकाउपभोग्य बस्तुदेखि विकास निर्माणको औजारहरु यही बाटो भएर भित्रने गर्दछ ।
यस कारण रुपैडिहा नाकादेखि कोहलपुरसम्मको सडक खण्डमा बन्ने जतिपनि संरचनाहरु छन्, नेपालभारत नाकामाबनेको गेट जस्ता बाधक र देखावटी मात्रपनिनबनोस् । सबैलाई थाहा छ, आजभोलिनाकाको गेटबाट साइकल र मान्छे मात्र हिड्ने गर्दछन्, ठुला सवारी साधनहरु गेट भएर हिड्न मिल्दैन ।
साथ साथै नेपालगञ्जमाहुने र भएकाविकासकाकामले पश्चिम नेपालमै अनुसरण गरिने हँुदा, देखावटी भन्दापनि यस क्षेत्रको दिगो विकासकाअवधारणासहितका विकास निमार्ण होस् । त्यसैले यो राजमार्गमाआकासे पुलबन्दायी र यस्ता विषयहरुलाई पनिध्यानदिन जरुरी देखिन्छ ।