ग्यान्समा सर्बसम्मत प्यानलको मात्रै उम्मेद्वारी दर्ता
Wednesday, January 4th, 2017, 3:41 am
amit
अष्टिन टेक्सास ।
टेक्सासको अष्टिनस्थित नेपालीहरुको साझा संगठन ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) को नया“ कार्यसमितीका लागी सर्बसम्मत प्यानलको मात्रै उम्मेद्वारी दर्ता भएको छ । सोमवार राती सम्म उम्मेद्वारी दर्ताको समय तोकिएकोमा निर्वाचित हुने १५ सदस्सिय कार्यसमितीका लागी देवराज न्यौपाने नेतृत्वको सर्बसम्मत प्यानलले मात्रै उम्मेद्वारी दर्ता गरेको ग्यान्सको निर्वाचन सफल बनाउन बनेको निर्वाचन आयोगका प्रमुख डा. कमल अधिकारीले जानकारी दिनुभयो । देवराज न्यौपाने अध्यक्ष रहनेगरी दर्ता भएको सर्बसम्मत प्यानलको दुई उपाध्यक्षका लागी प्रधुम्न श्रेष्ठ र पदम ठकुराठीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै महासचिवमा स ुदिप दाहाल तथा सचिवमा बिशाल गौतमको मात्रै उम्मेदवारी दर्ता भएको छ । यस्तै कोषाध्यक्षमा बिदुर खतिवडाको उम्मेद्वारी परेको छ भने सदस्यहरुका लागी बालकृष्ण न्यौपाने, बास ुराम भण्डारी, हर्क राई, किर्तना बास्कोटा, रामप्रसाद केसी, आनन्द यादव, संस्कृती प्रधान, धर्मानन्द गौतम र नवराज पौडेल राजु को उम्मेद्वारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । यसअघि अध्यक्षमा बर्तमान अध्यक्ष गेहेन्द्र केसीलाई सर्बसम्मत अध्यक्ष बनाउने सहमती भएपनि अन्तिम समयमा आएर गेहेन्द्र केसी लगायतले पनि अध्यक्षका लागी देबराज न्यौपानेलाई प्रस्ताव गरेपछि न्यौपाने अध्यक्ष रहनेगरि सर्बसम्मत प्यानलको उम्मेदवारी दर्ता भएको हो । यसबिचमा बिभिन्न पदहरुका बिभिन्न व्यक्तिहरुका नाम चर्चामा रहेपनि अन्य कसैको उम्मेद्वारी दर्ता भएन् । अव निर्वाचन आयोगले यही ८ तारिखका दिन उम्मेद्वारहरुको अन्तीम नामावली प्रकाशन गर्नेछ भने यही १५ तारिख आइतवार हुने ग्यान्सको अधिबेसनबाट निर्वाचित कार्यसमितीको घोषणा गर्नेछ । अध्यक्षमा उम्म्दवारी दर्ता गर्नुभएको देवराज न्यौपानेले सबै क्षेत्र तथा समुहको प्रतिनिधित्व हुनेगरी सर्बसम्मत रुपमा उम्मेद्वारी दर्ता गरेको र कार्यसमितीले बनोनित गर्ने अन्य ६ जना सदस्य पनि सबै क्षेत्रलाई मिलाएर चयन गरिने बताउनुभयो । ग्यान्सको कार्यसमिती २१ सदस्सिय हुने भएपनि १५ जना निर्वाचित हुने र ६ जना मनोनित गर्ने प्रावधान रहेको छ । उम्मेद्वारी दर्ताको समय सकिएपनि नया“ सदस्यता र सदस्यता नविकरण कार्य जारी छ ।