नेपालगन्जको ‘काव्यगन्ज’ मा सुनिए डा. निरज
Saturday, September 10th, 2022, 8:35 pm
Kalpristha
नेपालगन्जमा कवि डा. निरज भट्टराईको एकल कविता तथा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको कविता वाचनको कार्यक्रम कककाव्यगन्ज’मा कवि भट्टराईले आफ्ना चुनिएका कविता र गजल वाचन गरे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख, उपप्रमुख, चिकित्सक, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी एवं साहित्यकारहरुको ठूलो उपस्थितिमा कवि भट्टराईका कविता र गजल सुनिएका हुन् । नेपालगन्जमा साहित्यिक कार्यक्रममा यति वृहत सहभागिता भएको दुर्लभ घटना भएको कार्यक्रममा सहभागी लेखक एवं राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले बताए । उनले निरजका शक्तिशाली कविता नेपालगन्जका सबै तप्का सुन्न पाउनु आफंैमा खुसीको कुरा भएको बताए ।

.
डा. निरजका कविता सुनिसकेपछि सहभागीहरुले फरक स्वादका कविता सुन्न पाइएको प्रतिक्रिया दिए । कतिपय सहभागीहरुले वाचनमा निरजका गजलहरुले बढी प्रभावित पारेको बताए ।
डा. निरजका कवितामाथि समीक्षक राजकुमार बानियाँ र गजलमाथि खगेन्द्र गिरि कककोपिला’ले टिप्पणी गरेका थिए । बानियाँले निरजको धुवाँको धागो कविता संग्रह पहिलो र एकमात्र कविता संग्रह भएपनि त्यसले उनलाई दिइरहेको पहिचान उल्लेखनीय रहेको बताए । कककार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन’ डा. निरजमा कविता सृजनाको पनि विशिष्ट प्रतिभा रहेको उनले बताए । उनले डा. निरज कुण्ठाभन्दा माथि हुनेर आत्मानूभूतिका कविता लेख्ने कविको रुपमा रहेका बताए । गजलमाथि टिप्पणी गर्दै समीक्षक खगेन्द्र गिरी कककोपिला’ले डा. भट्टराईको ककतलाश’ गजल संग्रह नेपाली मानक गजल संग्रह रहेको बताउँदै धेरै गजलकारहरुले उनको शैली पछ्याएको दाबी गरे ।
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले समाजले आगामी दिनहरुमा थप व्यवस्थित साहित्यक कार्यक्रमहरु गर्ने योजना रहेको बताएका छन् । कककाव्यगन्ज’ हरेक चार महिनामा एकपटक आयोजना गर्ने गरी तय गरिएको कार्यक्रम रहेको उनले बताए । यसलाई अब क्रम नटुट्ने गरी निरन्तरता दिइने उनले बताएका छन् ।

.