भण्डारीलाई भत्तामा भ्रष्टाचार गरेको आरोप
Wednesday, September 21st, 2022, 7:09 pm
Kalpristha
भण्डारीले उक्त अवधिको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नुपर्नेमा कार्यालयको नामबाट बैंकलाई पत्र आफैं लेखेर दस्तखत गरी २० लाख ७८ हजार ६ सय रुपैयाँ निकालेर आफ्नो छोराको नाममा जम्मा गरेका थिए ।
जुम्लाको चन्दननाथ नगरपालिका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्र बहादुर भण्डारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । खरिदार भण्डारीले आर्थिक वर्ष २०७४-०७५ देखि आर्थिक वर्ष २०७६-०७७ सम्म सामाजिक सुरक्षा भत्तामा अनियमिमता गरेको आरोप लागेको छ ।
भण्डारीले उक्त अवधिको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नुपर्नेमा कार्यालयको नामबाट बैंकलाई पत्र आफैं लेखेर दस्तखत गरी २० लाख ७८ हजार ६ सय रुपैयाँ निकालेर आफ्नो छोराको नाममा जम्मा गरेका थिए ।
छोराको नाममा जम्म गरेको रकम उनले पटक- पटक आफैंले भुक्तानी निकाल्ने गरेका थिए । खरिदार भण्डारीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले निजलाई कारबारहीको लागि बुधबार मुद्दा दायर गरिएको छ ।
भण्डारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा(१) बमोजिम जरिवाना, कैद सजायको मागसहित अख्तियारले विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका छन् ।