शनिबार फेसअफ नेपालगन्जको अडिसन
Thursday, September 22nd, 2022, 5:56 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, ६ असोज
पिके इभेन्ट्स प्रालिको आयोजनामा फेसअफ नेपालगन्जको तेस्रो संस्करणको अडिसन तयारी सुरु भएको छ । नेपालगन्जमा असोज ८ गते शनिबार हुने अडिसनमा ४२ जना प्रतिस्पर्धीले फारम भरिसकेको बताउँछन आयोजक पिके इभेन्ट्सका अध्यक्ष प्रकाश कुँवर ।
फेस अफ नेपालगन्जको प्रतिस्पर्धामा प्लस टु र ब्याचलर तहमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिएको कुवँरले कालपृष्ठ दैनिकलाई बताए ।
नेपालगन्जको म्याजेष्टिक पार्टी प्यालेसमा हुने फेस अफ नेपालगन्ज तेस्रो संस्करणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको विजेता सेन्जल पौडेलले गर्नेछिन् ।
प्रतिस्पर्धाको दौरान सहभागिहरुलाई वाकिङ, फोटो सुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।
फेस अफ नेपालगन्जको विजेताले १६ हजार रुपैयाँ पुरस्कार र आयोजक पिके इभेन्ट्सको ब्रान्ड एम्बेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछ ।
यसैगरी अन्य विभिन्न विधाका विजेतालाई आर्कषक पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ । कोभिड–१९ पछि हुन लागेको कार्यक्रममा निकै उत्साह जनक रुपमा सहभागिता देखिएको बताउँछन आयोजक पिके इभेन्ट्सका अध्यक्ष प्रकाश कुवँर । उनले भने,‘केहि वर्षको अन्तरालपछि इभेन्ट्स आयोजना गर्न गैरहेका छौं । निकैं उत्साहका साथ सबैले सहयोग गर्नु भएको छ । यस पटक विगत भन्दा स्तरीय इभेन्ट्स गर्ने तयारी गरिरहेका छौं।’
फेस अफ नेपालगन्जको तेस्रो संस्करणलाई रिलायन्स लाइफ इन्सोरेन्सले मुख्य प्रयोजन गरेको छ भने सेन्ट थोमस हाइस्कुल, श्री राधेश्याम ज्वेलर्स, कोहलपुर डेन्टल हस्पिटल लगायतले प्रायोजन गरेका छन् ।