पहिलोपटक अन्तर्राष्ट्रिय एमएमए फाइट नेपाल हुने
Thursday, September 22nd, 2022, 6:27 pm
Kalpristha
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय एमएमए फाइट प्रतियोगिता हुने भएको छ । मिक्स्ड मार्सल आर्ट्स एसोसियसन अफ नेपालको आयोजनामा नेपालमा पहिलोपटक फाइट प्रतियोगिता आयोजना हुने भएको हो ।
संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असोज ८ गते आयोजना हुने जनाएको छ ।
प्रतियोगिता भक्तपुरको कौशलटारस्थित वाईट प्यालेस व्यांक्वेट हलमा आयोजना हुनेछ ।
प्रतियोगितामा नेपाल र भारतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । जसमा मणिपुर, मुम्बई, सुरत, बंगाललगायतका राज्यबाट खेलाडीहरु आउने आयोजकले जनायो ।
प्रतियोगिताका लागि भारतबाट ६ खेलाडी गरी १० जनाको एमएमए टोली नेपाल आउने छ ।
प्रतियोगितामा १५ बाउटहरु हुनेछ । जसमा ६ वटा फाइटमा नेपाल र भारतका खेलाडी भिड्ने छन् । बाँकी फाइटमा नेपाली खेलाडीले प्रदर्शन गर्ने छन् ।
प्रतियोगिताको मुख्य आकर्षणको रुपमा ॅक्याच वोयट-५० केजी’ नामको महिला बाउट राखिएको छ । जसमा नेपालको प्रतिनिधित्व रज फिटनेसबाट युजीन शर्मा र मणिपुरबाट यागम्बम देबजानी चानुले भारतको प्रतिनिधित्व गर्ने छन् ।
प्रतियोगिता हेर्न आयोजकले ३ सय ५० रुपैयाँको टिकट दर राखेको छ ।