प्रदेश सभामा बलियो दाबेदारी प्रस्तुत गर्दै दिपक जिएम
Friday, September 23rd, 2022, 10:57 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ७ असोज
युवा नेता दिपक जिएमले प्रदेश सभाको निर्वाचनमा आफनो बलियो दाबेदारी रहेको बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ (क)बाट युवा नेता दिपक लोकप्रिय उम्मेदवारका रुपमा हेरिएका छन् ।
गठबन्धनबाट बाँके क्षेत्र नम्बर ३ (क)बाट प्रदेश सभामा एकीकृत समाजवादी पार्टीले पाउने सम्भावना छ । समाजवादीले उक्त टिकट पाएमा त्यस क्षेत्रका लोकप्रिय नेता दिपक जिएमले पाउने सम्भावना बढेको छ । शिक्षण पेशासँगै खेलकुदको विकासमा सक्रिय भएर लागेका दिपक युवामाझ लोकप्रिय नेताका रुपमा चिनिन्छन ।
भलिबलका प्रशिक्षक, रेफ्री समेत रहेका दिपकले नेपाल भलिबल संघको केन्द्रीय सदस्य, बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्ष, बाँके जिल्ला भलिबल संघको सचिवको रुपमा काम गरिसकेका छन् । केहि समय उनले प्रभात मावि जि गाउँ र ग्रिनपिस स्कुल कोहलपुरमा शिक्षण समेत गरेका थिए ।
एकीकृत समाजवादी पार्टी निकट युवा संगठन युवा संघका महासचिव समेत रहेका दिपकले निर्वाचनमा उम्मेदवार बन्नु अघि बाँके क्षेत्र नम्बर ३ का जनता समस्या समाधान गर्नको लागि आर्थिक, शिक्षा, खेलकुद र कृषिलाई व्यवसायीक रुपमा विकास गर्ने योजना रहेको बताए ।
२०७४ सालको आम निर्वाचनमा पनि दिपक त्यसक्षेत्रबाट बलियो उम्मेदवारबा रुपमा देखिएका थिए । नेकपा एमाले र माओवादीबिच पार्टी एकिकरण भएपछि अन्तिम समयमा आइपी खरेलले त्यस क्षेत्रबाट टिकट पाएका थिए ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि बाँकेको सिट बाडफाड अन्तिम चरणमा पुगिसकेको छ । गठबन्धन दलका नेताका अनुसार बाँकेको तीन वटा निर्वाचन क्षेत्रमा माओवादी, कांग्रेस, जसपाले पाउने करिब पक्का छ ।
बाँकेको १ नम्बर निर्वाचन क्षेत्रबाट माओवादीबाट महेश्वर गहतराज(अथक), २ नम्बर क्षेत्रबाट जनता समाजवादी पार्टी(जसपा)का मोहम्मद इस्तियाक राई र ३ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसका किशोर सिंह राठौरले प्रतिस्पर्धा गर्ने सम्भावना बढि छ । प्रदेश सभाका ६ स्थानमा भने समाजवादी, माओवादी, कांग्रेसले टिकट पाउने सहमति बन्दैं गएको छ ।