निर्वाचन सुरक्षा व्यवस्था बलियो बनाउँदैं प्रहरी
Tuesday, November 1st, 2022, 4:33 pm
Kalpristha
भारतसँग सीमाना जोडिएको बाँकेलाई सुरक्षाको दृष्टिले संवेदनशील जिल्लाका रुपमा हेरिन्छ । बाँकेका रहेका तिन निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रलाई बाँके जिल्ला निर्वाचन कार्यालयले संवेदनशील र अतिसंवेदनशील गरी दुई भागमा वर्गीकरण गरेको छ ।
लक्ष्मी तिमिल्सेना
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई बलियो बनाउन सुरक्षा निर्वाचन आयोग र सुरक्षा अधिकारीले छलफल सुरु गरेका छन् ।
भारतसँग सीमाना जोडिएको बाँकेलाई सुरक्षाको दृष्टिले संवेदनशील जिल्लाका रुपमा हेरिन्छ । बाँकेका रहेका तिन निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रलाई बाँके जिल्ला निर्वाचन कार्यालयले संवेदनशील र अतिसंवेदनशील गरी दुई भागमा वर्गीकरण गरेको छ ।
बाँकेका १०८ मतदान स्थललाई अति संवेदनशील स्थानको रुपमा हेरिएको छ । ३० वटा मतदान केन्द्रलाई संवेदनशील क्षेत्रका रुपमा बर्गीकरण गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले बताईन ।
बाँकेमा ६५ किलोमिटर भू–भाग भारतीय सीमानासँग जोडिएको छ । खुला सीमाना भएकोले संवेदनशीलताका दृष्टिकोणले अंझ बढी सुरक्षा सर्तकता अपनाउनु पर्ने आवश्यकता रहेको पन्तले कालपृष्ठ दैनिकलाई बताईन् ।
जिल्लाका मतदान केन्द्रहरुको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालयले आवश्यक सुरक्षा व्यवस्था तयार पारेको छ ।
जिल्लाको समग्र सुरक्षा व्यवस्था कडा पारिने प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
मतदान स्थलसम्मको बाटोको अवस्था, मतदान स्थल तथा केन्द्रको सुरक्षाको अवस्थालाई ध्यानमा राखेर सुरक्षा रणनीति तयार पारेको बताँउदै प्रहरी उपरीक्षक अधिकारीले खुला सीमानाका कारण सुरक्षा संवेदनशीलता भए पनि निर्वाचन समयमा नाका बन्द हुने र अघिपछि पनि जिल्लाका हरेक काम कारवाहि प्रहरीको निगरानीमा रहने बताए ।
३ लाख ३२ हजार २ सय ३१ मतदाता रहेको यहाँका ८ वटा स्थानिय तहमा ३८ वटा मतदान केन्द्र छन् ।
जसको सुरक्षाका निम्ति प्रहरी २४ सै घण्टा तैनाथ रहने बाँके प्रहरीले जानकारी दिएको छ । निर्वाचनको समयमा बाँके प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बताउन बिशेष योजना समेत बताएको छ । जसका लागि बाँकेमा करिब ४ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।