प्रादेशिक बाल भेला सम्पन्न, १५ बुदें नेपालगन्ज घोषणा पत्र जारी
Sunday, May 24th, 2026, 9:15 pm
Kalpristha
हेमराज भट्ट
नेपालगन्ज, जेठ १० गते
१५ बुदें घोषणा पत्र जारी गर्दै लुम्बिनी प्रदेश स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन तथा अभिमुखिकरण सम्पन्न भएको छ । लुम्बिनी प्रदेशलाई बालमैत्री प्रदेश घोषणाको पहल गर्ने, बाल बालिकाका क्षेत्रमा योजना तथा कार्यक्रमको सुनिश्चितता गर्ने, प्रदेशका सबै जिल्ला र पालिका तहमा बाल समिति सञ्जालहरुको गठन तथा पूर्नगठन गर्ने, बालबालिका माथि हुने सबै प्रकारका विभिदको अन्त्य गर्ने लगायत बालवालिकाको शिक्षा, स्वास्थ्य, सहभागिता र संरक्षण गर्ने साझाँ प्रतिबद्धताका साथ घोषणा पत्र तयार गरीएको छ ।
आइतबार भेलाको समापन कार्यक्रममा बोल्दै प्रदेश बाल अधिकार समितिका सदस्य सचिब सम्झना सुवेदीले अत्यन्तै सौहार्दतापूर्वक गठन सर्वसम्मत गठन भएको प्रदेश स्तरीय समुह सञ्जालका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै बालवालिकाको सर्वार्गिण विकासमा समितिले उत्कृष्ट कार्यगर्ने विश्वास ब्यक्त गरिन् । बाल बालिकाका सवालमा सामाजिक विकास मन्त्रालय सधै अग्रसर रहेको जनाउदै बालवालिकाको सवाल सबैको साझाँ सवाल भएकाले साझाँ उद्धेश्य प्राप्तीमा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयोे । यसैगरी भेलाको समापनमा बाल अधिकारका लागि नागरिक संस्थाहरुको सञ्जालमा आबद्ध संस्थाहरुको तर्फबाट बोल्दै बास नेपालका निर्देशक हेमराज भट्टले नब निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफलताको शुभकामना ब्यक्त गरे ।
भेलाले बालवालिकाका सवालमा महत्वपूर्ण छलफलहरु गरेको जनाउदै नेपालगन्ज घोषणा पत्र कार्यान्वयनमा सबैको साझाँ प्रतिबता रहने विश्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै नवनिर्वाचीत अध्यक्ष महिमा खनालले सबैले विश्वास गरेर सर्वसम्मत नेतृत्वको जिम्मेवारी प्रदान गरेकोमा धन्यबाद ज्ञापन गरिन् । उनले सरोकारवाला र बालवालिकाहरुको अपेक्षालाई पुरा गर्न प्रतिबद्ध भएर काम गर्ने बताइन् ।
आगामी दुई बर्ष सबैको साथ सहयोग रहने र सबैसँग मिलेर बालमैत्री प्रदेश घोषणाको अभियानमा काम गर्ने उनको प्रतिबद्धता थियो । भेलाको समापन कार्यक्रमका प्रदेश बाल अधिकार समितिका सदस्य सचिब सम्झना सुवेदी, योजना आयोगका सदस्य शान्ता भण्डारी, सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख ऋषिराज शर्मा, सामाजिक विकास मन्त्रालयका महिला विकास निरिक्षक कमला ज्ञवाली, पिस नेपालका अध्यक्ष मणि प्रसाद गैह्रे, नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख पबित्रा पुरी, बाल अधिकारका लागि नागरिक संस्थाहरुको सञ्जाल लुम्बिनी प्रदेश सदस्य संस्थाहरुका प्रतिनिधि, अभिभावक, पत्रकारको उपस्थिती रहेको थियो ।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना, सेभ द चिल्डेन इन्टरनेशनल, पिस नेपाल र बाल अधिकारका लागि नागरिक संस्थाहरुको सञ्जाल लुम्बिनी प्रदेशको सहजिकरणमा बाल भेला तथा बाल सञ्जाल गठन तथा अभिमुखिकरण सम्पन्न भएको हो । जेठ ९ गते देखि शुरु भएको भेलाको प्रदेश बाल अधिकार समिति अध्यक्ष एवं लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो । भेलामा लुम्बिनी प्रदेशका १२ जिल्लाका बालवालिका र अभिभावकहरुको सहभागिता रहेको थियो ।
१३ सदस्सीय प्रदेश बाल समुह सञ्जाल गठन
नेपालगन्जमा सम्पन्न प्रदेश बाल भेलाले सर्वसम्मत १३ सदस्सीय प्रदेश बाल समुह सञ्जाल गठन गरेको छ । भेलाले रुपन्देहीका महिमा खनाललाई सर्व सम्मत अध्यक्ष चयन गरेको छ । यसैगरी समुह सञ्जालको उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्षमा क्रमशः शक्ति बि.क. रुकुमपूर्व, दिपेश न्यौपाने नवलपरासी र आशिष घिमिरे अर्घाखाची लाई चयन गरेको छ ।
समितिको सदस्यहरुमा क्रमशः परिसा आचार्य रोल्पा, नाइसा अधिकारी कपिलबस्तु, आयुषा चौधरी दांग, अरमान शेष बाँके, लिजन थारु बर्दिया, रिन्क नटुवा कपिलबस्तु, प्रयास पाण्डे गुल्मी र अन्जु वयम्बु पाल्पा रहेका छन् ।
नव निर्वाचीत पदाधिकारीहरुलाई प्रदेश बाल अधिकार समितिका सदस्य सचिब सम्झना सुवेदी, योजना आयोगका सदस्य शान्ता भण्डारी, सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख ऋषिराज शर्मा, सामाजिक विकास मन्त्रालयका महिला विकास निरिक्षक कमला ज्ञवाली, पिस नेपालका अध्यक्ष मणि प्रसाद गैह्रेले अबिर, खादा र बिजयी प्रमाणपत्र प्रदान गरेका थिए ।