पर्यटन क्षेत्रमा दक्ष जनशंक्ति उत्पादन गर्न तालिम सुरु
Wednesday, November 2nd, 2022, 9:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ कात्तिक
नेपालगन्जमा टुर प्रोडक्ट डेभलम्पमेन्ट एन्ड टिकेटिङ ट्रेनिङ सुरु भएको छ । चार दिने तालिममा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम क्षेत्रमा पर्यटन क्षेत्रमा काम गरिरहेका व्यवसायीको सहभागिता रहेको छ ।
जीविकापोर्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु भएको तालिम बुधबारदेखी नेपालगन्जमा सुरु भएको हो । एक कार्यक्रमका बिच नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले तालिमको उद्घाटन गरेका थिए ।
नाटा बाँके अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहमा विशेष अतिथिको रुपमा नाटाकी केन्द्रिय सचिव युविका भण्डारी, सुदुरपश्चिमका नाटा अध्यक्ष पदमविक्रम सिंह, कर्णाली प्रदेश नाटाका महासचिव देवराज जैसी, पर्यटन प्रवद्र्धन मञ्चका बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफले, हान बाँके कार्यसमिति सदस्य केशव न्यौपाने लगायतको उपस्थित रहेको थियो ।
तालिममा सहभागिहरुलाई प्रशिक्षक सुनिल दाहाल लगायतले पर्यटन प्रवद्र्धन, विकास र व्यवस्थापनको बारेमा प्रशिक्षण दिने आयोजकले बताएको छ । नाटा बाँकेले आयोजना गरेको तालिममा बोल्दै मेयर विष्टले पर्यटन प्रवद्र्धन र विकासमा नगरपालिकाले व्यवसायीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए ।
तालिमले नेपालको पश्चिम क्षेत्रमा पर्यटनको विकास र विस्तारमा थप सहयोग गर्ने नाटा बाँकेका अध्यक्ष सिग्देलले बताए । नाटाकी केन्द्रिय सचिव युविका भण्डारीले पर्यटन प्रवद्र्धनका क्षेत्रमा दक्ष जनशंक्तिको अभावलाई तालिमले परिपुर्ति गर्न सहयोग गर्ने बताईन ।