खेलकुदबाट उदाएका बम चुनावी मैदानमा
Friday, November 4th, 2022, 5:21 pm
Kalpristha
परिवर्तनशिल राजनितीको कमान्ड सम्हालेर आएका अकलले चार वर्षे कार्यकालमा रंगशालाका थुप्रै समस्याहरुलाई समाधान गर्दै बिदा लिएका थिए । जसको तारिफ अझै खेलकुद बृतका खेलकर्मीहरु गर्छन् । २०६७ सालतिर खेलकुद नेतृत्व गरेका बमले आफनो कार्यकालमा एउटा उत्कृष्ट योजनाको सुरुआत गरेका थिए, त्यो हो ‘मध्यपश्चिम क्षेत्रीय खेलकुद महोत्सव’
सशस्त्र द्धन्द्धपछि माओवादीले पहिलो पटक खेलकुदको नेतृत्व गर्ने अवसर पाएको थियो । खेलकुदमा थुप्रै समस्याका चाङ भएका बेला तत्कालिन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारी पाएका थिए अकल बहादुर बमले ।
आन्तरिक स्रोतको अभाव खेलकुद संस्थाहरुमा सधै समस्या हो । त्यतिबेला पनि आन्तरिक स्रोत नहुँदा रंगशाला परिसरमा खेलाडीलाई प्रयोग गर्नका लागि शौचालय, रंगशालाभित्रका भौतिक पुर्वाधारको मर्मत सम्भार गर्न सकिएको थिएन् ।
परिवर्तनशिल राजनितीको कमान्ड सम्हालेर आएका अकलले चार वर्षे कार्यकालमा रंगशालाका थुप्रै समस्याहरुलाई समाधान गर्दै बिदा लिएका थिए । जसको तारिफ अझै खेलकुद बृतका खेलकर्मीहरु गर्छन् । २०६७ सालतिर खेलकुद नेतृत्व गरेका बमले आफनो कार्यकालमा एउटा उत्कृष्ट योजनाको सुरुआत गरेका थिए, त्यो हो ‘मध्यपश्चिम क्षेत्रीय खेलकुद महोत्सव’ ।
त्यसमा साविक मध्यपश्चिमका १५ जिल्ला र तिन विभागीय गरी १८ टिमले भाग लिने गरेका थिए । जसको मुख्य उद्देश्य थियो लुकेर गाउँघरमा बसेका प्रतिभावान खेलाडी पहिचान र उनीहरुलाई खेल्ने अवसर दिनु । त्यो प्रतियोगिताले नेपाली खेलकुदमा एउटा आसाको किरण जगाएको बताउँछन् प्रतियोगितामा सहभागि भएका कराँते खेलाडी तिरथराम चिडिमार ।
बमले खेलकुदमानयाँ आसा जगाउने लक्ष्यसहित सुरु गरेको महोत्सव निजि क्षेत्रको सहयोगबाट गरिएको थियो । बाँकेमा ‘मध्यपश्चिम क्षेत्रीय खेलकुद महोत्सव’ दुई पटक भयो । तर बम पछिको नेतृत्वले त्यसलाई नेतृत्व दिन सकेन् ।
स्रोत साधनको कमी भएको बाँकेको खेलकुदमा नबिन काम गरेका कारण बम खेलकर्मीमाझ लोकप्रिय बने । त्यो लोकप्रियताले खेलकुदसँगैं बमको राजनितिक यात्रा उकाले तर्फ लगिदियो । बम अहिले चुनावी दौडमा छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश सभा निर्वाचनमा उनले बाँके क्षेत्र नम्बर २ (ख)बाट उम्मेदवारी दिएका छन् ।
चुनावी अभियानका घरमा बिहिबार नेपालगन्ज न्युरोडमा भेटिएका बमले खेलकुद क्षेत्र गरेको कामले आफुलाई आत्मसम्मान दिएको बताए । नेपालगन्ज रंगशालामा छाडा चौपायले मैदान बिग्राने समस्या देखि लिएर रंगशाला परिसरमा सटर निर्माण गरेर आर्थिक स्रोत जुटाउने कामको सुरुआत आफनो नेतृत्वमा भएको बमले बताए । बम भन्छन, ‘कभर्डहलमा माटो पटान गरेर खेलाडीले खेल्ने गरेका थिए ।
त्यसमा स्तर उन्नति देखि लिएर रंगशाला थुप्रै भौतिक पुर्वाधार काम नलाग्ने भएका थिए । त्यसलाई मर्मत सम्भारको काम मैले गरेको हुँ । रंगशाला लागुऔषध सेवन गर्ने अड्डा भएको थियो । त्यसलाई सुरक्षाकर्मी राखेर समाधान गरियो । पौडीपोखरीको नयाँ आधार तयार पारेर मैले काम अगाडी बढाएको थियो ।’
बमले खेलकुदमा मात्र होइन आर्थिक क्षेत्रमा युवा व्यवसायीको रुपमा परिचय बनाएका छन् । ४१ वर्ष पुगेका बमले कृषि फर्म,ड्राईभिङ स्कुल, विभिन्न पेय पदार्थको नेपालगन्जमा आधिकारिक बिक्रेताका रुपमा काम गरिरहेका छन् । राजनिति गर्ने व्यक्तिले आर्थिक रुपमा आत्मनिर्भर हुन जरुरी भएको बताउँछन् उनी । यसले राजनितिको माध्यमबाट समाजसेवा गर्ने व्यक्तिलाई नैतिकवान बनाउने उनको बुझाई छ ।
२५ वर्षे राजनिति करियरमा बमको लोकप्रियता खेलकुदबाट बढेको थियो । पछि आर्थिक रुपमा उनले गरेको मिहिनेतले युवालाई आर्थिक रुपमा आत्मनिर्भर हुन सिकाएको छ । खेलकुदबाट आफनो छबी उचाईमा पुर्याएका तिनै बम अहिले नेपालगन्ज समृद्धि बनाउने एजेन्डा लिएर चुनावी मैदानमा होमिएका छन् । पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवारी दिएका बम नेपालगन्जका जनताले आफुलाई विजयी गराउनेमा ढुक्क छन् ।
उनी भन्छन,‘जनताको जीवनस्तर सुधार गर्दै नगरका समस्या सुधार गर्ने मेरो पहिलो लक्ष्य हो । नेपालगन्ज आर्थिक हव हो । पहाड र तराईलाई हामीले आर्थिक रुपमा जोडन सक्ने एजेन्डा लिएर मैले उम्मेदवारी दिएको छु ।’