आईएनएफले मनायौं ७०औं वार्षिकोत्सव
Friday, November 4th, 2022, 6:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १८ कात्तिक
आईएनएफ नेपालले ७०औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार नेपालगन्ज स्थित आईएनएफ नेपाल साइनिङ अस्पताल परिसर बाँकेमा भएको कार्यक्रममा आईएनएफले हाल सम्म गरेका कामहरुको चर्चा गरिएको थियो ।
आईएनएफले नेपालका ग्रामीण र दुर्गम क्षेत्रमा गएर स्वास्थ्य सेवा, समुदायको विकास र सशक्तिकरणका कार्यक्रम संचालन गर्दै आएको छ ।
जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले उद्घाटन गरेको कार्यक्रममा आईएनएफ नेपालका कार्यकारिणी समिति उपाध्यक्ष राजेन्द्र अधिकारीले कार्यक्रमा आएका पाहुनालाई स्वागत गरेका थिए ।
…………..
७० वर्ष अघि पोखराबाट आईएनएफले आफनो कार्यशुभारम्भ गरेको थियो । वार्षिकोत्सवका अवसरमा आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुरी अधिकारीले नेपालमा आईएनएफको संस्थागत परिचय दिदैं संस्थाले समुदायको विकासका क्षेत्रमा गरेको कामहरुको जानकारी गराएका थिए ।
…………….
स्वास्थ्य सेवा र समुदायको विकासमा क्षेत्रमा सक्रिय भएर निरन्तर नेपालमा काम गरिरहेको संस्था हो आईएनएफ । वार्षिकोत्सवका अवसरमा गुलाम हसमद साईले सेवाग्राहीको तर्फबाट आफनो अनुभव व्यक्त गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा आईएनएफको स्वास्थ्य सेवाका बारेमा आईएनएफ मेडिकल सर्भिसेज डाईरेक्टर डा. अरुण कुमार बुढाले बताएका थिए । कार्यक्रमका अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई आईएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले सम्मान गरेका थिए ।
वार्षिकोत्सवमा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ र आइएनएफका कार्यकारी समितिका अध्यक्षले आमन्त्रिक सरकारी निकाय र संघ संस्थालाई सम्मान गरेका थिए । वार्षिकोत्सवका अवसरमा आईएनएफका कर्मचारीले नृत्य प्रस्तुत गरेका थिए ।