भेरीको अध्यक्षमा पुनः फर्किए धिताल
Wednesday, November 9th, 2022, 9:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ कात्तिक
भेरी अस्पताल नेपालगन्जको अस्पताल विकास समितिमा पुनः प्रमोद कुमार धिताललाई अदालतले अध्यक्षमा रुपमा फर्काइदिएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत समाजवादीका नेता शकिल अहमद जसगढलाई अध्यक्षका रुपमा नियुक्त गरेको थियो ।

…………
तर धितालले आफुलाई यसअघिको मन्त्रीपरिषद निर्णयबाट तीन वर्षका लागि काम गर्ने जिम्मेवारी सहित नियुक्त भएको भन्दैं अदालतमा रिट दायर गरेका थिए ।
त्यसकै आधारमा सर्वोच्च अदालतले भेरी अस्पताल विकास समितिका अध्यक्षमा प्रमोद कुमार धिताललाई कामबाट नहटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अल्पकालिन आदेश दिएको हो । धितालले अदालतको आदेशसँगै आफुले कार्यभार सम्हालेको बताएका छन् ।
धिताललाई २०७७ जेठ १४ गते मन्त्रीपरिषदको निर्णयबाट भेरी अस्पताल विकास समितिको अध्यक्षमा रुपमा तीन वर्षका लागि नियुक्त गरिएको थियो । तर सत्तागठबन्धनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादको भागमा परेपछि समाजवादीका नेता एवम् व्यवसायी शकिल अहमद जसगढ अस्पतालको अध्यक्षको रुपमा नियुक्त भएका थिए । जुन निर्णयलाई अदालतले तत्कालका लागि कार्यान्वनय नर्गन आदेश दिएको हो ।