प्रविधि अधिकार सम्बन्धि नेपालगन्जमा अन्तरक्रिया
Sunday, November 13th, 2022, 6:28 pm
Kalpristha
नेपालगन्जमा निर्वाचन आचार संहिता, सामाजिक सन्जाल र प्रविधि अधिकार सम्बन्धि अन्तरक्रिया गरिएको छ ।
डिजिटल राईट्स नेपाल र सुचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेको आयोजनामा सो अन्तरक्रिया गरिएको हो ।
डिजिटल राईट्स नेपालका अध्यक्ष सन्तोष सिग्देलले बदलिंदो चुनाव प्रचार शैलीमा प्रविधिको प्रयोग सँगसँगै जोखिम पनि बढेकाले त्यसको संवेदनशीलता र सुरक्षाको जानकारीका निम्ति अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए ।
डिजिटल राईट्स नेपालका अध्यक्ष सिग्देलले निर्वाचन संग सम्बन्धित नागरिक अधिकार, निर्वाचनमा डिजिटल प्रचार र डिजिटल लिट्रेसी र मिडिया साक्षरता सम्बन्धी जानकारी प्रस्तुत गरेका थिए ।
उनले डिजिटल अधिकार के हो, यसले हामीलाई के प्रभाव पार्दछ, यो विषयसँग जोडिएका सुरक्षाका विषय के के हुन्, हामी के गरी सुरक्षित हुन सक्दछौं र चुनावमा कसरी यसको प्रयोग हुने गर्छ भन्ने विषयमा जानकारी दिएका थिए । कार्यक्रममा डिजिटल राईट्स सेक्युरिटी सम्बन्धी कानुन, साईबर निति बारे समेत सिग्देलले बताएका थिए ।
कार्यक्रम सहभागिले प्रविधिको सहि सदुपयोग गर्न र जिम्मेवार नागरिक बन्न सबैमा आग्रह गरेका थिए ।