जाडोले डोल्पामा मतपेटिका सुरक्षामा सकस
Tuesday, November 22nd, 2022, 7:02 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा: जाडोले हिमाली जिल्ला डोल्पामा मतपेटिका सुरक्षामा सकस भएको छ ।
मतदान भएको तिन दिन वित्तिसक्दा समेत भौगोलिक विकटताका कारण मतपेटिका समयमै मतगणनास्थलमा नआएपछि सुरक्षामा सकस देखिएको हो ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपनि स्वशासित क्षेत्र चीनसंग सिमा जोडिएका उपल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो गाउँपालिकाका वडा नम्बर ४ मा पर्ने मोतीआधारभुत विद्यालय धुङदार वडानम्बर द्द मा पर्ने कराङ गााजो रिक्युङ आधारभुत विद्यालय कराङ र वडानम्बर ३ मा पर्ने शेल्ड्री डुग्ड्रा आधारभुत विद्यालय गरेर तिन मतदान स्थल र तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकामा रहेका मतदान केन्द्रहरुका समेत गरेर ११ मतदानका केन्द्रका मतपेटिकाहरु अझै सदरमुकाम आइपुगेका छैनन् ।

मतगणनाका लागि मतपेटिकाको पखाईमा निर्माण गरिएका मतगणना कक्षा ।
मतपेटिका ल्याउन ढिलाई भएकाले मतगणनास्थल जिल्ला अदालतमा राखिएका मतपेटिकाहरुको सुरक्षामा अत्याधिक जाडोले गर्दा सकस भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश बाबुराम सुवेदीले बताए ।
‘राती बाहिर निक्लन पनि कठिन हुन्छ तैपनि मतपेटिकाको सुरक्षामा खटिएका सुरक्षाकर्मिहरु सिरक ओढेर रातभर जाग्राम गरेर जाडोको प्रवाहा नगरि पहरा दिइरहँदा आफैलाई कस्तो कस्तो लागिरहेको छ ।’–उनले भने ।
०७९ मङ्सिर ६ गतेवाट सबैस्थानका मतपेटिका सदरमुकाम ल्याई साँझवाट मतगणना गर्ने तयारी गरिएपनि हवाई इन्धन सकिएकाले नेपाली सेनाको हेलिकप्टरले मंगलवार दुई पटक मात्र उडान गरेर सुर्खेत फर्केपछि मतगणना हुन सकेको छैन ।
६८ मतदान केन्द्र रहेको डोल्पामा अहिले सम्म मुड्केचुला गापा ठूलीभेरी त्रिपुरासुन्दरी नगरपालिका काइके गाउँपालिका छार्काताङसोङ र डोल्पोबुद्द गाउँपालिकामा रहेका ५५ मतदानकेन्द्रका मतपेटिका मात्र ससदरमुकाम दुनै आइपुगेका छन । मतपेटीका सुरक्षामा खटिएका एक सुरक्षाकर्मिका अनुसार जीवनको प्रवाह नै नगरी कठाङग्रिदो जाडोमा मतपेटीकाको सुरक्षा गर्नु परेको छ ।
मतपेटिकाको पर्खाइमा मतगणना कक्ष जिल्लाका दुई अस्थाई र ६६ ओटा गरेर ६८ मतदान केन्द्रका मतपेटिका ढिलाको मंगलवार सोमवार सम्म सदरमुकामास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याएर मतगणना गर्ने गरी स्थापना गरिएका मतगणनास्थल यत्तिखेर मतपेटिकाको पखार्ईमा छन ।
मुख्य निर्वाचन अधिकृत सुवेदीले हेलिले उपल्लो डोल्पाका मतपेटिका समयमा ल्याएर मतगणना गर्ने गरी मतगणना कक्षा निर्माण गरिएपनि मंगलवार सम्म मतपेटिका नआउदा यत्तिखेर गणनास्थल मतपेटिकाको प्रतिक्षामा रहेको बताए ।
अन्य जिल्लामा मतपरिणाम सार्वजनिक भइरहँदा आफुलाई कहिले मतगणना गर्ने होला भनेर मन आत्तिएको पनि सुवेदीले बताउनु भयो । विकट क्षेत्रमा रहेका मतपेटिका समयमा नआउदा र मतगणनामा ढिलाई हुँदा समाजमा अनेक किसिमको संका उब्जेपनि मतपेटिका सुरक्षामा कुनै कसुर वाँबी नराखेको पनि मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।
बुधवार विहान सुर्खेतवाट हेलिआएर वाँकी रहेका मतपेटिका सदरमुकाम ल्याएर साँझवाट मतगणना शुरु गरिने गरी तालिका निर्माण गरेको समेत सुवेदीले जानकारी दिए ।
मतगणना निष्पक्ष स्वतन्त्र र पारदर्शि रुपमा होस भनेर निर्वाचन पर्यवेक्षणमा खटिएका पर्यवेक्षक र संचारकर्मिहरुलाई समेत छुट्टै कक्षा निर्माण गरि सहि सत्य समाचार सम्प्रेषणको ब्यवस्था गरिएको पनि मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश बाबुराम सुवेदीले बताए ।
२२ हजार ७७४ मतदाता रहेको हिमाली जिल्ला डोल्पामा १७ हजारले मतदान गरेका छन ।