जनताको बेटा बन्नका लागि यो जिम्मेवारी बहन गदैछुः रत्न खत्री
Wednesday, November 23rd, 2022, 8:53 am
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ७ मंसिर
बाँके क्षेत्र नम्बर ३(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित रत्न खत्रीले जनताको बेटा बनेर जनताको सेवा गरिरहने बताएका छन् ।
निर्वाचन भएपछि आफना मतदाता र शुभचिन्तकहरुलाई सम्बोध गर्दै सबैलाई हार्दिक धन्यवाद दिएका छन् ।
उनले आफनो फेसबुक पेज मार्फत दिएको हार्दिक धन्यवाद सहितको स्टेटमेन्ट यस्तो रहेको छः
‘बाँके ३(क) का आदरणीय दिदिबहिनी ,आम बुवा तथा दाजुभाइहरु लाई हार्दिक नमन, मलाई बिश्वास गरेर टिकट दिने आदरणीय पार्टी नेतृत्वप्रती आभार प्रकट गर्दछु ,दिन रात नभनेर चुनावी मैदानमा खटिने पार्टीका नेता,कार्यकर्ताप्रती हार्दिक सलाम गर्दछु समाजका विभिन्न क्षेत्रबाट यो निर्वाचनमा मेरो विजयको शुभेच्छा गर्ने महानुभावहरुप्रती उच्च सम्मान प्रकट गर्दछु , पत्रकार मित्रहरु जस्ले सधै वास्तविकताको पक्षमा आफुलाई उभ्याउनु भयो उहाँहरु प्रती हार्दिक सम्मान प्रकट गर्दछु, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग, कर्मचारी, प्रहरी प्रशासनलाई हार्दिक धन्यवाद ।
यो निर्वाचनमा बिजय प्रप्त गरिरहेको बेला म पुनः स्मरण गर्न चाहान्छु म नेता बन्नका लागी होईन जनताको बेटा बन्नका लागि यो जिम्मेवारी बहन गदैछु । सधै जनताको बेटा बनेर जनताको सेवा गरिरहने छु । म जनता, देश पार्टी र नेता कार्यकर्ताको शिर निहुरिन दिने छैन । म प्रष्ट पार्न चाहन्छु म एमालेको अगुवा कार्यकर्ता पक्कै हु तर प्रदेश सभाको सदस्य सबै जनताको साझा हु तसर्थ म दलिय आस्थाका आधारमा म कुनै भेदभाव गर्ने छैन । पुनः मलाई साथ समर्थन र सहयोग गर्ने सम्पुर्ण तह र तप्काका महानुभावहरुप्रती हार्दिक आभार प्रकट गर्दछु न्यायधिश जनताप्रती नमन गर्दछु ।’