अग्रता बढाउँदै किशोर सिंह राठौर, ५,०९० मतले अगाडी
Wednesday, November 23rd, 2022, 5:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ७ मंसिर
बाँके क्षेत्र नम्बर ३ प्रतिनिधि सभा नेपाली कांग्रेसका सह महामन्त्री किशोर सिंह राठौरले आफनो मत संख्या बढाउने क्रममा ५ हजार ९० मतको अग्रता लिएका छन् । राठौरले २१ हजार २ सय २२ मत पाउँदा नेकपा एमाले बाँके जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिले १६ हजार १ सय ३२ मत प्राप्त गरेका छन् ।
५३ हजार २ सय ८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले ४ हजार ८ सय ७९ मत सहित तेस्रो स्थानमा छन भने जनता समाजवादीका नेता नोयन्द्र धिताल ३ हजार ७ सय मत सहित चौथो स्थानमा रहेका छन् ।
बाँके क्षेत्र नम्बर ३ मा ७४ हजार ३ सय १३ मत खसेको छ । यसैगरी बाँके क्षेत्र नम्बर ३(२) लुम्बिनी प्रदेश सभा सदस्य तर्फको जारी मतगणनामा नेपाली कांग्रेसका बादशाह कुर्मीले अग्रता लिएका छन् ।
खजुरा स्थित कपास विकास समितिको कार्यालयमा भैरहेको मतगणनामा बादशाहले ८ सय ९८ मतले अग्रता लिइरहेका छन् ।
१३ हजार ९ सय ९६ मतगणना गर्दा बादशाहले ५ हजार ३ सय ८५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार भीम ओलीले ४ हजार ४ सय ८७ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका जनता समाजवादीका नेता विजय कुमार पाठकले २ हजार ७ सय ७९ मत प्राप्त गरेका छन् ।