निर्वाचनमा खटिएका कर्मचारी र म्यादी प्रहरी उपल्लो डोल्पामा अलपत्र
Wednesday, November 23rd, 2022, 5:30 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ७ मंसिर
निर्वाचन सम्पन्न गर्न मंसिर ४ गते उपल्लो डोल्पाका तीन गाउँपालिकामा खटिएका कर्मचारीहरु यत्तिखेर अलपत्र परेका छन ।
निर्वाचन सम्पन्न भएर मतदान अधिकृत र मतपेटीका नेपाली सेनाको हेलिकप्टरले बुधवार सदरमुकाम दुनै ल्याएपनि कर्मचारी र म्यादी प्रहरी नल्याउदा भने उपल्लो डोल्पामा यत्तिखेर अलपत्र परेका हुन ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश बाबुराम सुवेदीले मतपेटीका कर्मचारी म्यादी प्रहरी मतदानस्थलमा लैजाने र मतदान सम्पन्न पछि सदरमुकाम दुनै ल्याउने ब्यवस्था गर्ने जिल्ला निर्वाचन सुरक्षा समितिको भएपनि मुख्य निर्वाचन अधिकृतको पनि उत्तिकै जिम्मेवारी भएकाले अलपत्र कर्मचारी ल्याउन पहल भइरहेको बताउनु भयो ।
उपल्लो डोल्पामा पर्ने छार्काताङसोङ डोल्पोबुद्द र सालदाङ्ग गाउँपालिकामा खटिएका कर्मचारी म्यादी प्रहरी कोही रुघाखोकी ज्वरो र उच्चलेक लागेर विरामी भएको खवर आइरहँदा समेत समयमा हेलिको ब्यवस्थापन गर्न नसकेर ओसार्न नपाउदा आफु अत्यन्तै भावुक बनेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनु भयो ।
मतदान सम्पन्न भएको चार दिन वितिसकेर मतपेटीका र मतदान अधिकृत सदरमुकाम पुगिसक्दा समेत कर्मचारी र म्यादी प्रहरी हिमपात र खर्च अभावले गर्दा अलपत्र परेको खवर प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बुधवार मात्र शे फोक्सुण्डो गाउँपालिकाको वडानम्वर ४ मा पर्ने मोतीआधारभुत विद्यालय धुङदार वडानम्बर २ मा पर्ने कराङ गााजो रिक्युङ आधारभुत विद्यालय कराङ र वडानम्बर ३ मा पर्ने शेल्ड्री डुग्ड्रा आधारभुत विद्यालय गरेर तिन मतदान केन्द्रका मतपेटीका हेलिकप्टरले ल्याएर सुर्खेत फिर्ता भएपछि कर्मचारी अलपत्र परेका हुन ।
जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले अलपत्र कर्मचारी ल्याउनको लागि गृहसंग पहल भइरहेको र हुम्लाका केहिमतदान केन्द्रको मतपेटीका ल्याउन बाँकी रहेकाले हेलिकप्टर सुर्खेत फिर्ता भएको जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो हुम्लामा मतपेटीका ढुवानी सम्पन्न भएपछि विहिवार विहानैवाट अलपत्र कर्मचारी ओसार्ने छ । उपल्लो डोल्पावाट पैदल सदरमुकामवाट दुनै आउन एक साता बढी लाग्छ ।
हिमपात र अत्याधिक चिसोका कारण पैदल हिड्न समस्याका साथै पैदल हिडाईको समयमा बीच वाटोमा होटल लजको व्यवस्था नहुँदा भोक भोकै हिड्नु पर्ने वाध्यता भएको उपल्लो डोल्पामा निर्वाचन सम्पन्न गरेर हेलिवाट दुनै पुग्नु भएका कमल रोकायाले बताउनु भयो । सर्वदलिय बैठक सम्पन्न अपरान्ह्र ४ वजेवाट मतगणना शुरु हुने डोल्पा,मङ्सिर ७ गते ।हिमाली जिल्ला डोल्पामा बुधवार अपरान्ह्र ४ बाट शुरु हुने भएको छ ।
मतदान सम्पन्न भएको चार दिन पछि सदरमुकाम दुनै ल्याउन वाँकी रहेका उपल्लो डोल्पाका मतपेटीकाहरु हेलिकप्टरवाट ल्याएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतमा बसेको सर्वदलिय सर्वपक्षिय बैठकपछि मतगणना शुरु गर्ने निर्णय भएको हो ।
सर्वपक्षिय सहमतिमा सम्पनन बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक प्रणालीको एकै साथ मतगणना गरिने निर्णय भएको मुख्य निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनु भयो ।
उहाँका अदनुसार पहिलो मतगणना प्रदेश निर्वाचन क्षेत्र (क)वाट गरिने र मतगणना प्रतिपालिका क्रमश वडाबाट शुरु हुने छ ।