एघारौ राष्ट्रिय कर दिवस सप्ताहव्यापी रुपमा मनाइयो
Wednesday, November 23rd, 2022, 7:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बुधबार, ७ मंसिर
बाँकेमा एघारौ राष्ट्रिय कर दिवस सप्ताहव्यापी रुपमा मनाइएको छ । आन्तरिक राजस्व कार्यालय विभाग बाँकेले विभिन्न कार्यक्रम गरेर राष्ट्रिय कर दिवस सप्ताव्यापी रुपमा मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले राष्ट्रिय कर दिवसका अवसरमा सरकारको नेतृत्व गर्ने राजनैतिक दल, उद्योगी, व्यवसायीहरू इमानदार भइदिए सुशासन कायम हुने र देश विकास तथा समृद्धितर्फ अगाडी बढ्ने बताए ।
करदाता र कर प्रशासनबीच द्धन्द्ध सृजना नगरेर इमान्दारी पुर्वक स्वेच्छिक कर सहभागितामा अभिवृद्धि गराएर सुशासन कायम गराउनुपर्ने उनले औल्याएका थिए ।
हरेक करदाताहरुले सरकारले तोकेको बमोजिम कर तिरे मात्र पनि राज्यको अर्थतन्त्र बढाउन सकिने प्रमुख कर अधिकृत सुरेश कुमार अर्यालले बताए ।
उनले प्रथम करदातालाई सम्मान गर्ने, उद्योगी व्यवसायीलगायत करदाताका छाता सङ्गठनसँग विभिन्न छलफल तथा अन्तरक्रियालगायत विभिन्न कार्यक्रम सो कार्यालयले गर्न लागेको बताए । प्रमुख कर अधिकृत अर्यालले सबै नागरिक इमान्दर भएर स्वच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन, विकास र समृद्धितर्फ अगाडी बढनुपर्नेमा जोड दिएका थिए ।
आन्तरिक राजस्व कार्यालय विभाग बाँकेले सो अवसरमा आर्थिक वर्ष २०७७-०७८ का उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । जसमा बाँकेका ३ करदाता र बार्दियाका ३ करदाता गरेर ६ जना उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको हो ।