लैंगिक हिंसा विरुद्ध खजुरामा दीप प्रज्वलन
Friday, November 25th, 2022, 6:50 pm
Kalpristha

…….
कालपृष्ठ समाचारदाता
खजुरा, ९ मंसिर
बाँकेको खजुरा गाउँपालिका परिसरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दीप प्रज्वलन गरिएको छ । खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लको नेतृत्वमा खजुरा क्षेत्रमा महिला तथा बालबालिको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागितामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा खजुरा गाउँपालिका सामाजिक विकास समितिकी कृष्ण कुमारी पोख्रेल, महिला तथा बालबालिका शाखा प्रमुख सुशिला न्यौपाने, इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मी लगायतको सहभागिता रहेको थियो ।
बिहिबार खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानको अध्यक्षतामा बसेको बैठकले ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने मुल नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

……

…..
जस अन्तर्गत शुक्रबार दीप प्रज्वलन गरिएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख न्यौपानेले बताईन । खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले महिला र बालबालिकामाथि हुने हिंसा न्युनिकरण गर्न १६ दिने अभियानले जनचेतनाको काम गर्ने बताईन् ।