नेपालमा कर प्रणाली
Sunday, November 27th, 2022, 3:54 pm
Kalpristha
पदम विष्ट
सल्यान, १० मंसिर
नेपालको कर प्रणाली नेपालमा कर प्रणालीको सुरुवात वि.स. २०१५ सालबाट भएको पाइन्छ । नेपालमा वि.स.२०१५ सालको बजेट भाषणबाट नेपालमा कर प्रणालीको विकास भएको पाइन्छ । नेपालमा सामान्य कृषी,रोजगार,व्यवसाय,पेशा,लगानी र आकस्मीक लाभ बाट प्रत्यक्ष करमा ५ प्रतिशत देखि २५ प्रतिशतसम्म कर लिएको पाइन्छ ।
कर प्रणाली सामान्य प्रत्यक्ष र अप्रत्यक्ष कर रहेको छन । वि.स. २०५४ साल मंसिर १ गते पहेले होटल कर,मनोरञ्जन कर,सेवा शुल्क यी सबै करलाई वि.स.२०५४ सालको मूल्य अभिवृद्धिकर ऐन ले विस्थापित गरेको पाईन्छ ।

…..
कर प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका हुन्छन । प्रत्यक्ष करमा आम्दानी कर,सम्पत्ति कर,व्याज कर,गाडी कर र मृत्य कर आदि पर्दछन । अप्रत्यक्ष करमा मुल्य अभिवृद्धि कर,अन्तरशल्क,भन्सार महशुल र विक्रि कर पर्दछन ।
आम्दानी कर सम्वन्धी ऐन २०५८ साल देखि लागु भएको पाइन्छ यो नै आम्दानी सम्बन्धी कर ऐन २०५८ अनुसार आम्दानीका स्रोतका शिर्षकहरु क) रोजगारीबाट आम्दानी ख) व्यवसायबाट आम्दानी ग) लगानीबाट आम्दानी र घ) आकस्मीक लाभबाट आम्दानी पर्दछन ।
आम्दानी सम्बन्धी ऐन २०५८ वि.स. २०७७ सालमा सम्सोधन भएको छ र प्रत्यक बर्ष आर्थिक विद्येकबाट आर्थिक ऐन २०७९।८० ले आम्दानी सम्बन्धी ऐनलाई सम्सोधन गरेको छ । यो ऐन संघिय संसदबाट पारित भएर राष्टिय सभाबाट अनुमोदन भएर राष्ट्रपतिबाट प्रमाणिकरण हुन्छ । यो कानूनको रुपमा लागु हुन्छ ।
आर्थिक विद्येक वि.स. २०७९।८० अनुसार नेपालमा स्थायी बसोवास गर्ने प्रकृतिक व्यक्ति र व्यवसायीक निकायले आम्दानी निम्न अनुसार कर लाग्दछ ।
नेपालमा स्थायी बसोवास गरेका प्रकृति व्यक्तिहरुले रोजगारी,व्यवसाय,लगानि र आकस्मीक लाभ बाट प्राप्त आयमा निम्न अनुसारको करमा छुट र घटाउन पाउने करको सिमा निधारण गरिएको छ ।
क) अबकाश बचतमा जस्तैः कर्मचारी सञ्चय कोष,सामाजिक सुरक्षा कोष,नागरिक लगानी कोष मा जम्मा भएको रकमको एक तिहाई अर्थात अधिकतम रु.३००,०००। सम्म यदि सामाजिक सुरक्षा कोषमा भए अधिकतम सिमा रु.५००,०००। जुनकम हुन्छ त्यही कर योग्य आम्दानीबाट घटाउन मिल्छ ।
ख) आन्तरिक राजस्व कार्यलयमा दर्ता भएको चारीटिएवल ,परोपकारी संस्थालार्र्ई दिएको दान चन्दा
५ प्रतिशत समायोजन गरेको करयोग्य आय अर्थात रु.१००,०००। जुन कम हुन्छ त्यही कर योग्य आम्दानीमा घटाउन पाइन्छ ।
ग) प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको रकम व्यवसायी १० प्रतिशत समायोजन योग्य गरेको कर योग्य आम्दानीमा अर्थात रु.१,०००,०००। मा जुन कम हन्छ त्यही घटाउन पाइन्छ ।
घ) बासिन्दा प्रकृतिक व्यक्तिले जीवन विमा गरेको रहेछ भने जीवन विमा बापत तिरेको प्रिमियम अर्थात रु.४०,०००। मध्ये जुन कमछ त्यसलाई कर योग्य आयबाट घटाउन पाइन्छ ।
ङ) बासिन्दा प्रकृतिक व्यक्तिले स्वस्थ्य विमा गरेको रहेछ भने स्वस्थ्य विमा बापत तिरेको प्रिमियम अर्थात रु.२०,०००। मध्ये जुन कम छ त्यसलाई कर समायोजन योग्य आयबाट घटाउन पाइन्छ ।
च) बासिन्दा प्रकृतिक व्यक्तिले सम्पत्ति ,लगानीको विमा गरेको रहेछ भने सो विमा वापत तिरेको प्रिमियम अर्थात रु.५,०००। जुनकम हन्छ त्यसलाई कर समायोजन योग्य आयबाट घटाउन पाइन्छ ।
छ) महिलाले कमाएको रुपियाँ पारिश्रमिक रोजगारीबाट भएमा त्यस्तो आयमा थप ५० प्रतिशत कर छुट पाइन्छ । साथै कर दायित्वमा पनि १० प्रतिशत घटाउन मिल्छ ।
ज) अपाग असक्षम व्यक्तिले ५० प्रतिशत कर थप छुट पाइन्छ ।
झ) बासिन्दा प्रकृतिक व्यक्तिले औषधी उपचार गरे वापत विलको १५ प्रतिशत अर्थात रु.७५०। जु नकम हन्छ सो म्ोडिकल कर त्रेडिट गर्न पाइन्छ ।
ञ) बासिन्दा प्रकृतिक व्यक्ति दुगममा रोजगारी ,व्यवसाय,लगानी र आकस्मीक लाभ जसरुरी आम्दानी प्राप्त गरे पनि निम्न अनसार समायोजन योग्य आयबाट घटाउन पाइन्छ ।
आम्दानी सम्वन्धी ऐन २०५८ अनसार आम्दानीका शिर्षक र स्रोतहरु चार प्रकारका छन ।
क) रोजगारीबाट आम्दानी ख)व्यवसाय,पेशाबाट आम्दानी ग)लगानीबाट आम्दानी र घ) आकस्मिक लाभ
ङ) रोजगारीबाट सामान्य बर्तमानमा काम गरेको तलव,पहिला काम गरेको तलव र भविष्यमा हने सम्भावित कमाइको आधारमा पेस्कि रकमलाई आम्दानी ऐन २०५८ ले रोजगारीबाट हने आम्दानी भनेर परिभाषित गरेको छ ।
रोजगारीबाट तलव,ज्याला,अक्तिरित्त समय काम गरेको ज्याला,विदाको तलव,चार्डपर्व खर्च,महगी भत्ता,पोसाक भत्ता,बोनस,सञ्चय कोषको रकम र अन्य वृत्तिविकास पारिश्रमिक पर्दछन ।
व्यवसायबाट हुने फाइदा,कमिसन,नाफा,पुरानो सम्पत्ति बेचेर हुने रकम,लगानी वृद्धि,शुल्क,व्याज आम्दानी,सम्पत्ति बृद्धि हुने नाफा,र कर फिर्ता,छट आदि पर्दछन ।
लगानीबाट हुने आम्दानी लाभांश,व्याज आम्दानी,प्रकृतिक स्रोतसाधनबाट हुने आम्दानी,रोयटी,सम्पत्तिको मुल्य बृद्धिबाट हुने आम्दानी र भाडा आदि पर्दछन ।
आकस्मिक लाभबाट हुने आम्दानीमा नेपालमा वा विदेशबाट प्राप्त स्रोतहरु पुरस्कार,चिठा,जितौरी,बकस आदि पर्दछन ।