नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय अपांग महासंघ
Wednesday, November 30th, 2022, 10:56 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ मंसिर
राष्ट्रिय अपांग महासंघ नेपालको ९ औं महाधिवेसन तथा २१ औं वार्षिक साधारण सभा नेपालगन्जमा सुरु भएको छ । दुई दिनसम्म नेपाललगन्जमा चल्ने महाधिवेशनमा देशभरिका हजारभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
महाधिवेशनले बुधबार राष्ट्रिय अपाङ्ग महासङ्घको नयाँ नेतृत्वको लागि निर्वाचन गर्ने कार्यक्रम रहेको छ । मंगलबार एक कार्यक्रमका बिच महाधिवेशन तथा बार्षिक साधारणसभाको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका मुख्य न्यायाधिश डा.रत्न बहादुर बागचन्दले उद्घाटन गरे ।
महाधिवेसनको उद्घाटन गर्दै मुख्य न्यायाधिश डा.बागचन्दले नेपालको संविधानले कसैसंग कुनै भेदभाव नगरि सबै नागरिकलाई समान रुपमा हेरेको बताउँदैं सोही अनुरुप कार्यान्वयन हुनुपर्ने बताए । उनले अपांगता भएका नागरिकलाई सरकारले विशेष महत्व दिएर उनीहरुलाई पनि अवसर र अधिकार दिनुपर्नेमा जोड दिए ।
महासंघले अपांगता भएका व्यक्तिको हक अधिकारको लागि, बहस, पैरवी तथा अन्य विषमा आवाज बुलन्द गर्दै आएको छ । संविधानले दिएको अधिकार कार्यान्वयन गर्ने कुरामा होस वा अन्य हरेक पक्षमा महासंघले आगामी दिनमा समेत अझैं सशक्त भएर लाग्नुपर्नेमा मुख्य न्यायधिश बागचन्दको जोड थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले अपांगता भएका नागरिकलाई पनि अन्य नागरिक सरह अवसर र अधिकार दिनुपर्नेमा जोड दिए ।
महासंघका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको महाधिवेसनको उद्घाटन कार्यक्रममा शर्माले परिवारबाट नै अपांगता भएक व्यक्तिहरु विभेदको सिकार भएको बताएका छन् । आगामी दिनमा यी सबैलाई चिर्दै सबल, सक्षम र सुशासन योग्य नेतृत्व चयन गर्नु सबै लाग्न पर्नेमा जोड दिए ।
बोल्ने अन्य बक्ताहरुले अहिलेको अवस्थामा रणनैतिक योजना बनाएर सबै पक्षलाई समेटेर लैजानुपर्ने अववस्था आएको बताएका थिए । नयाँ नेतृत्वले हामी सबैको साझा महासंघ बनाएर लैजानुपर्ने अवस्था रहेको जनाएका थिए । सबैको समान प्रतिनिधित्व समान हुने गरेर महासंघ हामी सबैको साझा बनाएर लानुपर्ने दायित्व नयाँ नेतृत्वमा आएकोले यसैको अनुसरण गरोस् भन्ने शुभकामना दिएका थिए । निजामति सेवा, सार्वजनिक सेवामा आरक्षणको व्यवस्था गरिएको छ ।
साथै आरक्षणको व्यवस्थालाई आगामी महाधिवेशनले अझैं परिस्कृत गर्नको लागि सरकारको ध्यान केन्द्रित गर्नुपर्नेमा सहभागिले जोड दिए । दुई दिनसम्म चल्ने महाधिवेशनमा देशभरिबाट एक हजार ५ सय बढी प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको राष्ट्रिय अपांग महासंघ नेपालका महासचिव राजु बस्नेतले जानकारी गराए । महाधिवेशनले महासंघको नयाँ नेतृत्व समेत चयन गर्ने छ । महासंघको अध्यक्षका लागि चार जनाले दावेदारी प्रस्तुत गरेका छन ।
उद्घाटन कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष सुदर्शन सुवेदी, पूर्व अध्यक्ष डा. वीरेन्द्रराज पोखरेल र दीपक कोइराला, राष्ट्रिय लोकतान्त्ररिक अपाङ्ग सङ्घका अध्यक्ष भोजराज श्रेष्ठ, अपाङ्गता सङ्गठन नेपालका अध्यक्ष टीकाराम पराजुलीलगायतले महाधिवेशन सफलताको शुभकामना दिए ।