बाँकेमा एमाले पहिलो ठूलो पार्टी
Wednesday, November 30th, 2022, 11:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ मंसिर
मंसिर ४ गते भएको निर्वाचनको समानुपातिक र प्रत्यक्षतर्फ बाँकेमा एमालले सर्वाधिम धेरै मत प्राप्त गरेको छ । एमालले बाँकेमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य जित्दा प्रत्यक्षतर्फ ४९ हजार ३३१ मत पाएर पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि एमाले पहिलो पार्टी बनेको छ । एमालेले समानुपातिकतर्फ ४५ हजार ३०३ मत पाएको छ । उक्त पार्टीले प्रत्यक्ष र समानुपातिक गरी ९४ हजार ६३४ मत पाएको छ ।
बाँकेमा काँग्रेस दोस्रो र जनता समाजवादी पार्टी तेस्रो बनेका छन् ।
काँग्रेसले प्रत्यक्षतर्फ ३३ हजार ५०० र समानुपातिकतर्फ ४४ हजार ९७० गरी ७८ हजार ४७० मत पाएको छ । जसपाले ३० हजार ५०४ प्रत्यक्षतर्फ र समानुपातिकतर्फ २७ हजार १८८ गरी ५७ हजार ६९२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनमा एक प्रतिनिधिसभा जितेको राप्रपा चौथो स्थानमा छ । सो दलले २९ हजार ५७७ मत पाएर चौथो भएको छ । प्रत्यक्षतर्फ पाँचौँ स्थानमा रहेको माओवादी केन्द्र समानुपातिकमा कम मत पाउँदा पछाडि परेको छ ।
माओवादी केन्द्रले प्रत्यक्षतर्फ १९ हजार ६३२ र समानुपातिकतर्फ १८ हजार ३१२ मत गरी ३७ हजार ९४४ मतका साथ छैटौँ र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १८ हजार ८७१ र समानुपातिकतर्फ २२ हजार ८६१ मत गरी ४१ हजार ७३२ मतका साथ पाँचौँ स्थानमा छ ।
प्रत्यक्षतर्फ ११ हजार ४६५ र समानुपातिकतर्फ १६ हजार ४३९ मत गरी २७ हजार ९०४ मतका साथ नागरिक उन्मुक्ति पार्टी सातौँ स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी प्रदेशसभाको प्रत्यक्षतर्फ पनि बाँकेमा एमाले पहिलो पार्टी बनेको छ । प्रत्यक्षतर्फ ५५ हजार ८५८ मत पाएको एमालेले समानुपातिकतर्फ ४५ हजार ३०४ मत पाएको छ ।
काँग्रेसले प्रत्यक्षतर्फ ४३ हजार २०८ र समानुपातिकतर्फ ४९ हजार ८६७ मतका साथ दोस्रो स्थानमा छ ।
दुई प्रदेशसभा सदस्य जितेको जसपाले प्रत्यक्षतर्फ २९ हजार ३६४ मत र समानुपातिकतर्फ २६ हजार ५७८ मत पाएर तेस्रो हुँदा प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी चौथो स्थान बनाउँदै प्रत्यक्षतर्फ २२ हजार ८१८ र समानुपातिकतर्फ २० हजार ९ मत पाएको छ ।
एक प्रदेशसभा जितेको माओवादी केन्द्र पाँचौँ स्थानमा छ । सो दलले १४ हजार ७३७ मत प्रत्यक्षतर्फ र समानुपातिकतर्फ २१ हजार ७०७ मत प्राप्त गर्दा राप्रपाले प्रत्यक्षतर्फ ७ हजार २७५ र समानुपातिकतर्फ १९ हजार ५६० मत पाएको छ ।