दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिता हुने
Wednesday, November 30th, 2022, 11:18 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ मंसिर
पूर्व खेलाडी स्व. श्याम थापा (हुईया) को स्मृतिमा हुन लागेको स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी पौष महिनाको पहिलो सातामा आयोजना गर्ने गरी आन्तरिक तयारी गरिरहेको आयोजक जय किसान स्पोट्र्स क्लबले जनाएको छ ।
उक्त प्रतियोगितामा बाँके जिल्लाका १० वटा स्थानीय क्लबसहित बर्दिया, कैलाली, सुर्खेत, दाङ, जुम्ला र लखनऊका क्लबहरुको सहभागिता रहनेछ । प्रतियोगितामा उत्कृष्ट टोलीहरुको सहभागिता होस भन्ने उद्देश्यले सिमरा र रुपन्देही एघार टोलीलाई आमन्त्रण गरिएको छ ।
खजुरा गाउँपालिकाको सैनिक मैटहवा उच्च माविको खेल मैदानमा हुनेछ । उक्त प्रतियोगिताको मुख्या प्रयोजक बाँके बर्दिया मैत्री समाज जापान रहेको छ । बाँके जिल्लाको खेलकुद विकास र सामाजिक क्षेत्रमा हातेमालो गर्न सधैं अग्रसर हुने समाजका संरक्षक सुशील मल्लले बताए ।
चर्चित खेलाडी स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको दोस्रो संस्करणलाई सफल बनाउन तयारी शुरु गरिएको छ । आयोजक क्लबका महासचिव दिपक रानाले भने, ‘प्रतियोगिताको सम्पूर्ण खेलहरुको गोल नेपाल डट कमले प्रत्यक्ष प्रसारण गर्ने गरी तयारी गरिरहेका छौं, केही दिनमा प्रतियोगिताको मिति तय र पुरस्कार राशिको घोषणा गरिने छ ।’