बाँकेका ४५ जना उम्मेदवार: जसको हजार मत पनि आएन
Sunday, December 4th, 2022, 11:38 am
Kalpristha
बाँकेको तिन निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ८९ जनाले प्रतिस्पर्धा गरेका थिए । तर, बाँकेबाट प्रदेश र प्रतिनिध सभाका लागि उम्मेदवारी दिएका ८९ जना प्रतिस्पर्धी मध्ये ४५ जनाले एक हजार मत पनि ल्याउन सकेनन् । जसमध्य २१ जना प्रतिनिधि सभाका उम्मेदवार छन्, भने २४ जना प्रदेश सभाका उम्मेदवार हुन् ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १७ मंसिर
बाँकेको तिन निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ८९ जनाले प्रतिस्पर्धा गरेका थिए । तर, बाँकेबाट प्रदेश र प्रतिनिध सभाका लागि उम्मेदवारी दिएका ८९ जना प्रतिस्पर्धी मध्ये ४५ जनाले एक हजार मत पनि ल्याउन सकेनन् । जसमध्य २१ जना प्रतिनिधि सभाका उम्मेदवार छन्, भने २४ जना प्रदेश सभाका उम्मेदवार हुन् ।
निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि ११ जनाको उम्मेदवारी दर्ता गराएका थिए । जस मध्ये ६ जनाले एक हजार मत पनि ल्याउन सकेनन् । एक हजार मत ल्याउन नसक्नेमा स्वतन्त्र उम्मेदवार प्रदिप कुमार शाह(९२५), राम चरण चौधरी(३८८), नेपाल मजदुर किसान पाटीका नवीन कुमार शाही(२५७), नेपालका लागि नेपाली पार्टीका भक्त बहादुर थापा मगर(१४२), नेपाली काग्रेस (बी.पी.) का कुन्ती शर्मा(१३४) र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका उब्जङ शाही(७८) रहेका छन् ।
१६ जनाको उम्मेदवारी परेको निर्वाचन क्षेत्र नम्बर २ मा पनि ११ जनाले एक हजार भन्दा कम मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा भने नेपाल कम्युनिष्ट पाटी माक्सवादी (पुष्पलाल)का खलु प्रसाद थारु (५९६), स्वतन्त्र उम्मेदवार दिवाकर खनाल(५२८), लोकतान्त्रिक समाजवादी पार्टीका अब्दुल हन्नान जसगढ(५१२), जनमत पार्टीका बाबु खाँ(२२३), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रमेश शर्मा अर्याल(२०७), जन समाजवादी पार्टीका लिलौ दर्जी(१४१), स्वतन्त्र उम्मेदवार समसुल हक राई(१३३), नेपाल मजदुर किसान पार्टीका वखत बहादुर थापा(७६), स्वतन्त्र उम्मेद्वार बागेश्वर चौलागाई(२६), राष्ट्रिय जनमुक्ति पार्टीका विधा शर्मा(२२) र स्वतन्त्र उम्मेदवार राहुल जयसवाल(१५) गरि ११ जनाले एक हजार भन्दा कम मत प्राप्त गरे ।
प्रतिनिधि सभाका लागि ९ जनाको उम्मेदवारी परेको बाँकेको क्षेत्र नम्बर ३ मा भने ४ जनाले एक हजार मत ल्याउन सकेनन् । प्रतिनिधि सभाकै क्षेत्र नम्बर ३ बाट हजार मत नल्याउेमा नेपाल कम्युनिष्ट पार्टी माक्ससवादी (पुष्पलाल)का वीर बहादुर ओली क्षेत्री(६२०), लोकतान्त्रिक समाजवादी पार्टीका हफिज पठान(३३१), नेपाली कांग्रेस ‘‘बी.पी.’’का दुर्गा बहादुर घिमिरे(२६३) र नेपाल मजदुर किसान पार्टीका नगेन्द्र बहादुर बुढाक्षेत्री(१७३) रहेका छन् ।
यसैगरि निर्वाचन क्षेत्र नम्बर १(क) र १(ख)मा एक हजार भन्दा कम मत प्राप्त गर्ने ३–३ जना रहेका छन् । जसमा क्षेत्र नम्बर १(क) का स्वतन्त्र उम्मेदवार प्रदिप पौडेल(५७०), लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र कुमार विश्वकर्मा(५३४) र नेपाल मजदुर किसान पार्टीका जय प्रकाश चौधरी(७३) हुन्, भने क्षेत्र नम्बर १(ख) का नेपाल मजदुर किसान पार्टीका हिरा बहादुर शाहि(५३७) जनता समाजवादी पार्टीका लाल बहादुर शाह(५०९) र राष्ट्रिय जनमुक्ति पार्टीका गगन बहादुर थापा(४३१) हुन् ।
निर्वाचन क्षेत्र नम्बर २(क)मा स्वतन्त्र उम्मेदवार राज कुमार रौनियार(८५५),जनमत पार्टी हरपाल सिंह सिख(६५०), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बृजेश बहादुर सिहं(२८६), नेपाल कम्युनिष्ट पार्टी ‘एकिकृत समाजबादी’का समसुद्दीन सिद्दिकी(२३७), लोकतान्त्रिक समाजवादी पार्टीका तसौवर खाँ(१५५), स्वतन्त्र उम्मेदवार कैलास नाथ कलवार(१५५) र नेपाल मजदुर किसान पार्टी डिल्ली बहादुर पून(१०२) ले एक हजार भन्दा कम मत पाय भने, २(ख)मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उत्तम कुमार गुप्ता(५७६),जनमत पार्टीका महमुदुल हसन अन्सारी(२५८) जनसमाजवादी पार्टी नेपालका ध्रुव कुमार कुम्हार(२५०) र नेपाल मजदुर किसान पार्टीका प्रकाश शाह(७०)ले हजार मत पनि ल्याउन सकेनन् ।
३ नम्बर क्षेत्रको ३(क)मा २ जना र ३(ख)मा ५ जनाले एक हजार मत कटाउन सकेनन् । जसमा ३(क)का नेपाल मजदुर किसान पार्टीका जय बहादुर बुढा(२७३) र लोकतान्त्रिक समाजवादी पार्टीका इसरार अहमद खाँ(१८८) हुन् भने, ३(ख)का लोकतान्त्रिक समाजवादी पार्टीका राज किशोर मिश्र(२६२), स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर खत्री(२४२), स्वतन्त्र उम्मेदवार शिव सपकोटा(९९),नेपाल मजदुर किसान पार्टीका मोहन लाल थापा(७२) र स्वतन्त्र उम्मेदवार अतुल कुमार पाठक(१३) हुन् ।
बाँकेका ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ५३ जना उम्मेदवारले प्रदेश सभा सदस्यका लागि आफ्नो उम्मेद्वारी दिएका थिए । ३ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्रबाट ३६ जनाले उम्मेदवारी दिएका थिए ।
पुर्वतयारी विना, जनमत विना, राजनैतिक संस्कार विना र कसैले उचालेको भरमा उम्मेदवारी दिएका कारण नै निर्वाचनको नतिजा यस्तो आएको हुनसक्ने राजनैतिक विश्लेषक डा. जनार्दन आचार्य बताउछन् ।
‘राजनितिका विकास भएको कु–परम्पराको नतिजा स्वरुप नै यो मत परिणाम आएको हो । को मान्छे नेता हुने, को मान्छे उम्मेदवार हुने भन्ने कुनै मापदण्ड नै छैन । राजनितिक संस्कार नै छैन । नैतिकता नभएको देशमा जे पनि हुसक्छ । कुनै–कुनै ठाँउमा त प्रतिद्वन्दीको मत घटाउन आफ्नै पार्टी भित्रपनि बागी उठाने गरेको हामी देखिराखेका हुन्छौं ।’– राजनैतिक विश्लेषक डा. आचार्यले भने ।
‘उम्मेदवारहरुको आर्थिक बाहेक अन्य हैसियत के हुने धन्ने कुराको कुनैपनि मापदण्ड र लेखाजोखा छैन । जसले गर्दा राजनिति छाडा भयो । रानितिको ‘‘र’’ नजानेका मान्छे पार्टीको केन्द्रिय कमीटिमा छन् । प्रदेश कमिटीमा छन् । यस्तो अवस्थाले जो मान्छेको रापनपतक हैसियत छैन त्यस्ता मान्छेहरु राजनितिमा भर्ति भए । जसकारण जोसुकैले आफुलाई सांसद नै सम्झिने र जितिसकेपछि जसले पनि आफुलाई प्रधानमन्त्री भन्दा कम नसम्झिने प्रवृतिको विकास भएको छ । यस्तो परम्परा विकास राजनितिक दलहरुले गरे । त्यसैको परिणम स्वरुप निर्वाचनको नतिजा यस्तो आएको हो ।’