नेजा नाइटको तयारी अन्तिम चरनमा, अष्ट्रेलियाबाट गायक समिर आइपुगे
Thursday, June 15th, 2017, 8:07 am
amit
टेक्सास (अमेरीका)- यही आउंदो शनिबार टेक्सासको डालसमा हुने नेजा नाइटको तयारी अन्तिम चरनमा पुगेको छ ।
उत्तर अमेरीका क्षेत्रमा रहेका नेपाली पत्रकारहरुको संगठन नेपाल अमेरीका पत्रकार संघ (नेजा) ले बिभिन्न घटना तथा दुर्घटनामा पर्ने पत्रकारहरुको सहयोगार्थ आपतकालिन कोषका लागी नेजा नाइट -३ नाम राखेर सांगितिक कार्यक्रम गर्न लागेको हो ।
नेजा नाइट ३ को तयारी अन्तिम चरनमा छ कार्यक्रम संयोजक किसन रेग्मीले भन्नुभयो – “कार्यक्रममा सहभागीताको लागी अष्ट्रेलियाबाट युवा गायक बुधबार डालस आइसकेका छन् भने अन्य कलाकारहरु शुक्रबार आइपुग्ने कार्यक्रम छ ।”
अष्ट्रलियाबाट नेजा नाइटका लागी टेक्सासको डालस आएका गायक आचार्यलाई कार्यक्रम संयोजक रेग्मीले स्वागत गर्नुभएको हो । गायक आचार्यका दुनिया बेग्लै छ चट्ट सलाम छ , नक्कली काली लगायतका गित चर्चामा छन् । ख्यातीप्राप्त कलाकारहरुको उपस्थितमा गर्न लागेको कार्यक्रमले सहभागीहरुलाई भरपुर मनोरञ्जन दिने संयोजक रेग्मीले बताउनुभयो । यसअघि नेजाले यस्तै कार्यक्रम न्युयोर्क र भर्जिनियामा सम्पन्न गरिसकेको छ ।
टेक्सासको डलासमा गर्न लागेको नेजा नाईट तेस्रो हो ।

कार्यक्रमका लागी चर्चित लोक गायक बिमल डांगी, नायक दिलिप रायमाझी, पप गायक दिपेश किसोर भट्टराई, निक्की कार्की, हास्य कलाकार नारायण त्रीपाठी, नायिक रञ्जना शर्मा, संगिता थापामगर लगायत स्थानीय कलाकारको भव्य प्रस्तुती रहने कार्यक्रममा सहभागीताको लागी नेजाले सबैमा आग्रह गरेको छ ।