गायक समिरको बेजोड प्रस्तुती सहित “नेजा नाइट” डालसमा सम्पन्न (फोटो/भिडियो सहित)
Tuesday, June 20th, 2017, 2:21 am
amit
डालस (टेक्सास)- युवा गायक समिर आचार्यको बेजोड प्रस्तुती संगै नेपाल अमेरीका पत्रकार संघ (नेजा)ले शनिबार टेक्सासको डालसमा नेजा नाइट -३ नामक सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
बिभिन्न घटना तथा दुर्घटनामा परेका पत्रकारहरुको सहयोगार्थ आपतकालिन कोषका लागी गरिएको सांगितीक कार्यक्रममा गायक समिरको धमकेदार प्रस्तुती संगै चर्चित लोक दोहोरी गायक बिमल डांगी, पप गायक दिपेश किशोर भट्टराई, गिता बिर्लाकोटी संगै नायिका सहारा कार्की, अनु खड्का र अदिती हमाल ठकुरीको दमदार प्रस्तुतीले उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्सासको डालसमा आयोजना गरेको नेजा नाइट -३ नामक सांस्कृतिक कार्यक्रम
Posted by Kc Sher on Saturday, June 17, 2017
प्रेम चरो भनेर चिनिने लोकप्रिय हांस्यकलाकार नारायण त्रिपाठीले समेत कार्यक्रममा आफ्नो प्रस्तुती दिएका थिए । अष्ट्रेलियाबाट नेजा नाइटका लागी डालस आएका युवा गायक समिरले चट्ट सलाम छ, दुनिया बेग्लै छ लगायतका गितले मंच तताइरहंदा उपस्थित दर्शकहरु कम्मर मर्काई मर्काई नाचेका थिए भने लोक दोहोरी गायक बिमल डांगी र गायक दिपेश किशोर भट्टराई आफ्ना चर्चित गित स ुनाई रहंदा दर्पन छांया २ की नायिक सहारा कार्की र नृत्यंगना अनु खड्काले नृत्य मार्फत मन्त्रमुग्ध पारेका थिए ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्सासको डालसमा आयोजना गरेको नेजा नाइट -३ नामक सांस्कृतिक कार्यक्रम
Posted by Kc Sher on Saturday, June 17, 2017
शनिबार राती करिब ८ बजेपछि शुरु भई मध्यरात सम्म चलेको नेजा नाइट ३ मा नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामीछाने, गैर आवासीय नेपाली संघ एनआरएन अमेरीकाका उपाध्यक्ष राम सि पोखरेल, समाजसेवी तथा एनआरएन अमेरीकाका अध्यक्षका प्रत्यासी गौरी जोशी, कांग्रेसका युवा नेता हरिबोल भण्डारी लगायत डालसवासी नेपालीहरुको सहभागतीता रहेको थियो ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्सासको डालसमा आयोजना गरेको नेजा नाइट -३ नामक सांस्कृतिक कार्यक्रम
Posted by Kc Sher on Saturday, June 17, 2017
कार्यक्रममा सहभागी कलाकारहरुलाई सम्मान स्वरुप प्रमानपत्र समेत बितरण गएिको कार्यक्रम संयोजक किसन रेग्मीले बताउनुभयो । बास ु अधिकारीले संचालन गरेको कार्यक्रममा नेपाल अमेरीका पत्रकार संघका अध्यक्ष भोला आचार्यले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने सदस्य बाल जोशीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लागीछानेले सकारात्मक सोचका साथ गरेको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्सासको डालसमा आयोजना गरेको नेजा नाइट -३ नामक सांस्कृतिक कार्यक्रम
Posted by Kc Sher on Saturday, June 17, 2017




