नेपाली पासपोर्ट बनाउनुछ ? टेक्सासको डालसमा शिबिर संचालन हुदैछ
Tuesday, June 20th, 2017, 4:51 am
amit
टेक्सास (अमेरीका)- नेपाली (राहदानी) पासपोर्टका लागी टेक्सासको डालसमा शिविर संचालन गरिने भएको छ ।
टेक्सासका नेपालीहरुको संस्था नेपाली समाज टेक्सासको पहलमा आउंदो जुन ३० देखी जुलाइ २ तारिख सम्म चल्ने नेप्लिज अमेरिकन कन्भेन्सनका अवसरमा नेपाली राजदुतावास वासिंटन डिसीको टोली नेपाली पासपोर्टका लागी डालस आउने भएको समाजका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनुभयो ।
नेपालीहरुको बाक्लो उपस्थिती रहेको टेक्सासमा नेपालीहरुले सहजताका साथ पासपोर्ट बनाउन सहयोग गर्ने हेतुले सम्मेलनका अवसरमा पासपोर्ट बनाउन शिविर पनि संचालन गरिन लागेको अध्यक्ष लामिछानेको भनाई रहेको छ ।
शिविरमा दुतावासको टोलिले पासपोर्टका लागी नयां आबेदन तथा नबिकरणको काम गर्ने बताइएको छ । हाल पासपोर्टका लागी ३ सय डलर तिरेर हुलाक मार्फत वा आफै उपस्थित भएर पासपोर्टको काम गरिदै आइएकोमा डालसमा संचालन गरिन लागेको शिविरले टेक्सासको ड्यालस, ह्युस्टन तथा अष्टिन लगायतका शहरका नेपालीहरुलाई सहज हुने बताइएको छ ।
नयां पासपोर्ट तथा पासपोर्ट नविकरणका लागी शिबिर संचालन गर्न लागिएकोले फाइदा उठाउन सबैमा आग्रह गरेको नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयो ।