तनाव व्यवस्थापन अभिमुखीकरण सम्पन्न
Saturday, December 17th, 2022, 8:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ पुस
स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीहरुको सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्वन्धी एकदिने अभिमुखीकरण नेपालगन्जमा गरिएको छ ।
विशेष गरि बजेट तथा योजना संचालन तथा कामको दौरानमा निकै तनावपुर्ण अवस्थामा रहने जनप्रतिनिधीहरुका लागि तनाव व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले अभिमुखीकरण गरिएको हो ।
प्रदेश सुशासन केन्द्र लुम्विनी प्रदेश नेपालगन्जले उक्त अभिमुखीकरण गरेको हो । नेपालका चर्चित जिवन प्रशिक्षक विज्ञ नरबहादुर कार्कीले अभिमुखीकरणमा सकारात्मक सोचको विकास र जीवनलाई कसरी तनावपुर्ण बनाउनेलगायतका बारेमा प्रशिक्षण दिएका थिए ।
अभिमुखीकरणमा बाँके जिल्लाका स्थानीय तहका जनप्रतिनिधी, कार्यालय तथा प्रमख प्रशासकिय अधिकृत, सेवाकालिन तालिमका कर्मचारीहरुको सहभागिता रहेको प्रदेश सुशसान केन्द्रका कार्यकारी निर्देशक कमानसिंह थापाले बताए ।
उनले अभिमुखीकरण जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको काममा निकै व्यस्त हुनुपर्ने अवस्थामा तनावपुर्ण जिवनलाई सकारात्मक सोचतर्फ विकास गरी तनावमुक्त बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।